• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एक मतको अन्तरले कांग्रेसका चौरसीया वडाध्यक्षमा विजयी

  • खबरदाता

एक मतको अन्तरले कांग्रेसका चौरसीया वडाध्यक्षमा विजयी

जेठ ३,२०७९

पर्सामा नेपाली कांग्रेसका एकजना उम्मेदवार १ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

विन्दवासीनी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतको झिनो अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ जोलाहालाइ १ मतले हराउँदै चौरसीया वडा अध्यक्षमा जितेका हुन् ।

वडा अध्यक्षमा निर्वाचित कांग्रेसका चौरसीयाले ११८५ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार जोलाहाले ११८४ मत पाए ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार बनेका चौरसीया, तत्कालीन राजपाबाट जितेकी सल्मा खातुनसँग ६७ मतले पराजित हुँदै दोस्रो स्थानमा रहेका थिए ।

  • प्रकाशित मिति : जेठ ३, २०७९, मंगलवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८