• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

  • खबरदाता

भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

जेठ २, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका(२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो ।

कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे ।

खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ‘दाहाल’ ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन् ।

  • प्रकाशित मिति : जेठ २, २०७९, सोमवार ०७:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८