जेठ २, २०७९
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी भएका हुन् ।
गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा पौडेलले ७ हजार ६ सय ६१मत प्राप्त गरेका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ प्राप्त गरेकी हुन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८