जेठ २, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी २ हजार ८७९ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
सो गाउँपालिकामा एकीकृत समाजवादीका कविन्द्र विष्ट २ हजार ६०६ मत पाएर पराजित भए ।सो गाउँपालिकामा काँग्रेसकै निर्मलाकुमारी बोगटी ३ हजार २०८ मत पाएर उपाध्यक्षमा विजयी भएकी छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८