• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ताप्लेजुङको मेरिङ्देनको अध्यक्षमा काँग्रेसका हांगाम विजयी

  • खबरदाता

ताप्लेजुङको मेरिङ्देनको अध्यक्षमा काँग्रेसका हांगाम विजयी

 

जेठ २, २०७९

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका युक हां वीर हांगाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदार जंग लिम्बुले २ हजार ७७० मत ल्याएर पराजित भए ।

 

उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्गवाङ २ हजार ५९८ मत ल्याएर निर्वाचित भए । यहाँ पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

  • प्रकाशित मिति : जेठ २, २०७९, सोमवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८