बैशाख ३०,२०७९
स्याङ्जा – स्याङ्जामा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
जिल्लाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन। घाइतेलाइ उपचारको लागि पोखरा लगिएको स्याङ्जा प्रहरीले जनाएको छ।
वालिङ नगरपालिका १४ को कोखे अखलाबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो।
मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
मृतक र घाइतेको सनाखत हुन बाँकी छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८