बैशाख २६,२०७९
चितवन – आइतबार साँझ हत्या गरिएका अनिल परियारको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ।
भरतपुर कृष्णपुरमा धारिलो हतियार प्रयोग गरि घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो।
हत्यामा संलग्नलाई पक्राउको माग गर्दै मृतकका आफन्तहरुले मेडिकल कलेज अगाडीनै सडक अबरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । बागमती प्रदेश सांसद मिलनबाबु श्रेष्ठले हत्यामा संलग्नहरु खोजी गरी कानुनी कारबाहीमा ल्याउने सहमति भएसँगै पोष्टमार्टमको लागि शव भरतपुर अस्पताल पठाइएको बताए ।
भरतपुर महानगरपालिका–७, कृष्णपुरमा गए राति करिव ७ः३० बजे अज्ञात समूहको छुरा प्रहारबाट परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । नेपाली कांग्रेस चितवनलगायत भातृसंगठनहरुले विज्ञप्ति जारी गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८