• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भरतपुर १२ का कन्दङ्गवा भन्छन :अघिल्लो पटकभन्दा भारि मतले जितिन्छ

  • खबरदाता

भरतपुर १२ का कन्दङ्गवा भन्छन :अघिल्लो पटकभन्दा भारि मतले जितिन्छ

बैशाख २३,२०७ / टिकादत्त तिमिल्सिना

भरतपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुरको चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन ।

निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका र विपक्षी गठबन्धनका उमेदवार मतदाता आकर्षित गर्न तल्लीन छन । भरतपुरका २९ वटा वडा मध्ये उत्कृष्ट र चासोको रुपमा हेरिने वडा नम्बर वडा १२ पनि थप चर्चामा छ । तात्कालिन नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजबादी पार्टीका लोकप्रिय उमेद्वार नरेन्द्र कन्दङ्गवा वडाको विकास र समृद्धिको प्रतिबद्धता सहित पुन चुनावी मैदानमा होमिएका छन । एक कार्यकाल वडा अध्यक्ष भईसकेका कन्दङ्गवाले् एकसाता देखि घरदैलो कार्यक्रमलाई तिब्रता दिदै आएका छन । पांँच दलिय गठबन्धनको साथ संँगै नेपाली कांँग्रेसको पकड वडा भएको कारण पनि आफूले सजिलै चुनाव जित्ने उनको विश्वास छ ।

उनका अनुसार हालसम्म झण्डै ९० प्रतिशत घर तथा टोलका मतदातासंँग आफ्नो भिजन र योजना सहित उनले मत मागेका छन । उनको माहोल चुनाव नजिकिदै गर्दा थप बढ्दै गएको छ । ‘मैले एक कार्यकाल उदाहरणीय काम गरेर वडावासीको मन जितिसकेको छु । फेरीपनि मलाइ वडा अध्यक्षको रुपमा वडावासीले हेर्न चाहनु भएको छ ।’ घरदैलो गर्ने क्रममा उनले भने ।

घरदैलो गर्ने क्रममा युवा देखि बृद्धबृद्धाहरुको साथ सहयोग र उत्साहले आफूलाई थप उर्जा मिलेको उनको भनाई छ । ‘मैले गरेको वडाको विकास र कामले होला अहिले भोट माग्न देखिएको वडावासीको उत्साहलाई मैले जितको रुपमा पाएको छुँ ।’ उनले भने
आफूले वडामा गरेका कामको मुल्यांकन गर्दै अधुरा काम सम्पन्न गर्न वडावासीले आफूलाई अध्यक्षको रुपमा हेर्न चाहेको बताए । वडालाई रोजगारी र उत्पादन संँग जोड्न भरतपुरको नमुना वडाको रुपमा काम गर्ने योजना रहेको उनको भनाई छ ।

लामोसमयदेखि राजनीतिमा सक्रिय भई विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई अनुभव संगालेका कारण भारी मतले चुनाव जित्ने उनको दाबी छ । वडा नम्बर १२ अहिले उनको प्रमुख प्रतिस्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट लेखराज पन्त हरि देखिएका छन । वडामा ७ हजार भन्दा बढी मतदाता छन ।

 

  • प्रकाशित मिति : वैशाख २३, २०७९, शुक्रवार १७:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८