• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

घरदैलोमा बास्तोलाले भने, बाचा पुरा नभए अदालत लैजानुहोस

  • खबरदाता

घरदैलोमा बास्तोलाले भने, बाचा पुरा नभए अदालत लैजानुहोस

 

बैशाख २३,२०७९

चितवन – उन्नत लोकतन्त्र पार्टीको तर्फबाट भरतपुर महानगरको मेयर पदमा उमेदवार बनेका दिपेन्द्र बास्तोलाले बाचा पुरा नगते आफुलाइ अदालत लैजान आग्रह गरेका छन।

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका क्रममा मतदातासंग उनले सो आग्रह गरेका हुन। घरदैलो कार्यक्रममा उनले मतदातासंग करारनामा तमसुक गरेका छन।उक्त तमसुकमा हस्ताक्षर गरेपछि बाचा पुरा नभए मतदाताले निजलाइ कानुन बमोजिम अदालत सम्म लैजान सक्ने ब्यबस्था छ।

छोटो समयमा जनताको मुद्दा उठान गर्न सफल यस उन्नत लोकतन्त्र पार्टीले भरतपुर महानगरपालिकाका अधिकांस वडामा मतदाता संग उम्मेदवार खराव उठाएमा भोट हालेर उम्मेदवार वहिष्कार ९राईट टु रिजेक्ट० गर्न आग्रह गरेको छ । घरदैलो अभियानमा हिँडिरहदा जनताका समस्यालाई नजिकबाट बुझेको उम्मेदवार वास्तोलाले बताए । कृषि र कृषकका समस्या,भुमिहिनलाई लालपुर्जा,आवस विहिनलाई बास्वस्थान,बाटोघाटाका समस्या जस्ता बिषयमा ध्यानदिन वडावासिहरूले उनलाई आग्रह गरेका थिए ।

पुराना पार्टीका बिश्वास र कामबाट धेरै थकित भएकोले अब नयाँ सोच आएमा भरतपुर महानगरले मुहार फेर्ने भन्दै अबको मतलाई पुर्ण रुपमा परिवर्तन गर्न उनले मतदातालाई अनुरोध गरिएका थिए । उम्मेदवारहरूले खराब काम गरेमा वा वाचा गरेको काम नगरेमा जनताले आफ्नो भोट फिर्ता मागि पदवाट हटाउने अधिकार ९राईट टु रिकल ० बारेमा मतदातालाई बुझाइएको थियो। मेयर उच्च शिक्षा छात्राबृद्वि कार्यक्रम गरि पिएचडि दस जना स्नातकोत्तर ५० जना अध्ययन अनुसन्धानको लागि बार्षिक २ करोड उपलव्ध गराउने समेत मतदा समक्ष बाचा गरेका थिए ।

निःशुल्क शिक्षा,खानेपानी ,बिजुली उपलव्ध गराउन सक्ने योग्यता भएको उम्मेदवारलाई मात्र जिताउन वास्तोलाले सबैमा अनुरोध गरिरहेका छन।

  • प्रकाशित मिति : वैशाख २३, २०७९, शुक्रवार ०५:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८