बैशाख २२,२०७९
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्ड र माधबले नभइ केपी ओलीले हारेको बताएका छन।
सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै निकै ठुलो जालझेलबाट पार्टी बिभाजन गर्न सफल भएको उनले बताए । उनले भने , ‘पार्टीमा बस्न सक्ने अबस्था नभएपछि जालझेल गर्दै बहुमथको संख्यालाइ ७० प्रतिशत आफु तिर तानेर पार्टी बिभाजन गर्न सफल भइयो। यो कुरालाइ तपाईंहरुले भुल्दा मलाई दुख लागेर आउँछ।’
सहमति , सहकार्य र एकता आजको आबश्यकता रहेको उनले बताए । काङ्ग्रेसले सहिया हथौडामा र माओवादीले रुखमा मत हाल्नु नौलो कुरा नभएको उनले बताए । उनले भने, ‘ २०४६ साल र २०६२- ६३ मा पनि काङ्ग्रेस र माओवादी मिलेकै थियो।जुन मिलाइले यस्तो अबस्थामा आइयो भने अब पनि एक एर्कालाइ मत हाल्दा फरक पर्दैन।’
उनले अहिलेको गठबन्धन स्वभाबिक र प्राकृतिक भएको बताए। उनले भने यो पटकको गठबन्धन राम्रो भयो भने हामी अझै दश्कौ सम्म अगाडी बढ्न कक्छौं।
सम्बोधनका क्रममा उनले लाल सलाम र जय नेपाल दुवै शब्दावलीको प्रयोग गरेका थिए।
नेपाल कांग्रेसका नेता तथा कार्यकर्ताबीच ‘जय नेपाल’ प्रचलनमा रहेको थियो भने कम्युनिस्ट नेता तथा कार्यकर्ताबीच ‘लाल सलाम’ शब्दावली प्रचलनमा रहेको थियो । तर, प्रचण्डले आज सम्बोधन गर्दा एकसाथ दुवै शब्दाली प्रयोग गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८