बैशाख २२,२०७९
चितवन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले चितवनका असन्तुष्ट काङ्ग्रेसहरुले आफ्नो कुरै सुन्न नचाहेको बताएका छन।
सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसका असन्तुष्ट समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो कुरा सुन्न नचाहेको बताएका छन् ।
उनले पौडेलसँग बिहानै संवाद गर्दै जादा धैर्य राख्न नसकेको उनले आरोप लगाए । आफुले दिएको तर्कलाई सामान गर्न पौडेल (बागी )समुह तयार नभएको उनको भनाइ थियो। ‘ उहाँहरु उत्तेजना र भावानामा उत्रनुभएको छ मैले ‘कृष्णलाल सापकोटाजी , भिमजी र जगन्नाथजीलाई भेटेर भने राजनीतिक द्वन्द चलिरहेको छ नेपाली काँग्रेसको प्रतिस्पर्धा माओवादी सँग नभएर केपी वलीसँग हो भन्दा सुन्न चाहानुभएन ।’ उनले भने । गठबन्धनलाई लिएर शेरबहादुरसँग मिल्न गएको आरोप आफुलाई लाग्ने गरेपनी आफूनै केपी वलीको प्रवृती विरुद्ध उभिन गठबन्धन गर्ने तर्फ लागिपरेको उनको भनाइ थियो ।
उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए ।
निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे ।
चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८