बैशाख २२,२०७९
चितवन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार केपी ओलीलाई बयल गाडा प्रबर्दक भएको बताएका छन।
सत्ता गठबन्धनले भरतपुरमा आयोजमा गरेक चुनावी सभामा बोल्दै उनले केपी ओली गणतन्त्र बिरोधि भएको आरोप लगाएका हुन। उनले भने, ‘जनआन्दोलनभएको बेला केपी ओली बयल गाडा चढेर अमिरिका जानु र नेपालमा गणतन्त्र आउनु एकै हो भनेर खिसि गर्थे। उनलाइ यो ब्यबस्था प्रति कुनै चासो थिएन।त्यसैले उनले दुई दुई पटक यो ब्यबस्था मार्न खोजे ।’
प्रतिगमनकारी बिरुद्धको लागि अनन्तकाल सम्म गठबन्धन आबस्यक हुने उनले बताए । केपी ओलीलाइ गफाडीको संज्ञा दिदै उनले भने ओलीले तपाईं हामीलाइ एकैछिनमा कुराले भुलाउँछन केहि साथीहरु अझै भुल्नु भएको छ। ओलीले गफमा बिद्याबारिधि गरेका छन।
सभामा उनले रेणु दाहालको खुलेरै प्रशंसा गरे। रेणु दाहालको भाषण सुनेर आफू दंगदास भएको बताए ।
‘पहिलो कुरा म रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु । उनले चितवनमा गरेको प्रगतिको प्रतिवेदन सुनेर निकै खुसी भएँ,’ नेपालले भने । रेणु दाहालले चितवनमा विकास गरेको देखेर आफू निकै खुसी भएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८