बैशाख २२,२०७९–टिकादत्त तिमिल्सिना
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले भरतपुरमा चुनाव जित्न गर्हो नभएको बताएका छन।
भरतपुरमा आज हुने चुनावी सभालाइ सम्बोधन गर्न आएका उनले गठबन्धन आफ्नो लाइनमा अगाडी बढिसकेको हुनाले धेरै स्थानमा जित हासिल हुने बताए ।उनले भने , ;भरतपुर लगायतका स्थानहरुमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरु छन जुन कारणले पनि चुनाब जित्न कुनै समस्य छ जस्तो लागदैन।’
नेपाली जोसुकैलाइ पनि उम्मेद्बारी उठ्ने स्वतन्त्रता भएको बताउँदै कसैको उम्मेद्बारी फिर्ता गर्न भन्दा पनि गठबन्धनलाइ कसरी अझ मजबुत बनाउने भन्ने तर्फ लाग्दा राम्रो हुने हुनको भनाइ थियो। उनले भने , ‘गठबन्धन एकजुट भएको खण्डमा देशभर कसैले हार्नु पर्दैन।’
आज भरतपुरमा हुने गठबन्धनको चुनावी सभालाइ सम्बोधन उनी आएका हुन ।
सो सभालाइ प्रधानमन्त्री शेर बहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा र उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८