बैशाख २१,२०७९
चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताको पलाना गर्दै निजि सवारीसाधन प्रयोग गरेका छन।
बिहीवार भरतपुरमा हुन लागेको गठबन्धनको चुनावी सभालाइ सम्बोधन गर्न आजै चितवन आइपुगेका देउवाले निजि गाडी प्रयोग गरेका हुन।
प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर चुनावी सभामा आउन लागेको भन्दै उजुरी परेको थियो ।
देउवा भरतपुर बिमानस्थलबाट कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०५० नम्बरको ल्याण्डक्रुजर गाडीमा सम्म होटल पुगेका थिए ।
देउवाको चितवन बसाइको सबै खर्च पार्टीले गर्ने समेत जनाइएको छ। देउवा लगायत उनको टिम भरतपुर स्थिति होटल सिराइचुलिमा बस्ने ब्यबस्था मिलाइएको छ।
पार्टी सभापति देउवा आज विराटनगरबाट भाडामा लिइएको नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट आएका थिए । सो जहाज पनि निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले ल्याएको हो ।
बिहिवार देउवाले भरतपुरमा हुने गठबन्धनको आमसभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सो कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने जनाइएको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा र उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८