• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यो पाँच बर्षको बिकास टेलर मात्र हो , फिलिम देखाउन विजय गराउनुहोस– रेनु दाहाल

  • खबरदाता

यो पाँच बर्षको बिकास टेलर मात्र हो , फिलिम देखाउन विजय गराउनुहोस– रेनु दाहाल

 

बैशाख २०,२०७९

गठबन्धनबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो फाउन्डेसन तयार भएको बताएकी छिन् । भरतपुर– ६ मा पाँचदलीय गठबन्धनको सम्पर्क कार्यालय तथा घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्नो पाँच वर्षको कार्यकालमा निकै मिहिनेतका साथ महानगरको बलियो फाउन्डेसन बनाएको बताएकी हुन् ।

उनले भनिन्, ‘हामीले पाँच वर्षमा महानगरपालिकामा विकासको टेलर देखायौँ, अब विजय भएपछि फिल्म देखाउनेछौँ ।’ उनले भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर बनाउने प्रतिबद्धतासमेत गरिकी छिन् । मुलुकमा खासखास समस्या आउँदा समस्याको समाधान गर्न नेपाली कांग्रेससहितको अहिलेको पाँच दल गठबन्धनमा आएको भन्दै प्राप्त उपलब्धिको रक्षाका लागि पुनः सबै एक ठाउँ आउनुपरेको उनले बताइन् ।
गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले भरतपुरमा धेरै कामको शुभारम्भ भएको र त्यसको पूर्णताका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले कांग्रेसनको निति नियम भित्र बसेर केन्द्रको निर्णयलाई पालना गर्द कार्यकर्ताहरुलाई निर्देशन गदिएका थिए ।
यस पटक पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख ९मेयर० पदमा गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह बाट माओवादी केन्द्रकी रेनु दाहाल र रुख चुनाव चिन्हमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेद्वारी दिएका छन् । भने भरतपुर ६ को वडा अध्यक्षमा रुख चिन्ह बाट अध्यक्षमा कृष्णलाल श्रेष्ठ सदस्यहरुमा सारदा पोख्रेल, शर्मिला पारियार, जितेन्द्र राज कोइराला र रुद्र अधिकारीको उमेद्वारी छ । रेनु दाहालकै पहलमा भरतपुर ६ मा १० करोडको योजनामा धर्मिक पार्क निर्माणधिन अवस्थामा छ ।

  • प्रकाशित मिति : वैशाख २०, २०७९, मंगलवार ११:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८