• कात्तिक १, २०८३, शनिवार Saturday, 17 October, 2026

पूरा भयो नदेखेको सपना

  • खबरदाता

पूरा भयो नदेखेको सपना

बैशाख १८, २०७९

“गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं। ९ का बद्रीप्रसाद लम्सालले भने । गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी चल्यो । २०५० सालबाटै बिजुली बले पनि अस्पताल बन्ला भनेर सपनामा नसोचेको लम्सालले भने ।

 

“अनमी र सीएमएलाई डाक्टर मानेर उपचार गराउँदै आएका हामीले गाउँमा सुविधासम्पन्न अस्पताल बन्ने कुनै सपना नै देखेका थिएनौँ,” लम्सालले थप्पे, “सङ्घीयताले त नदेखेको सपना पनि पूरा गरायो ।” ४० वर्ष शिक्षण पेसामा रहेर निवृत्त जीवनमा रहेका यज्ञप्रसाद सापकोटाले गाउँमा अस्पताल बनेपछि आश्चर्य भएको बताए ।

“सुरुवाती दिनमा बोराको स्ट्रेचर बनाएर बनेपासम्म बिरामी बोकेर लैजाने बाध्यता थियो । अब गाउँकै अस्पतालमा उपचार गराउन पाउने भइयो,” सापकोटाले थपे । “औषधि किन्न पनि धुलिखेल र काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको मजस्ता दीर्घरोगीले गाउँमै सेवा पाउने भएपछि असाध्यै खुसी भएका छौँ,” उनले भने ।

विक्रम संवत् २०२७ सालतिर सेनामा प्राथमिक उपचार गराउने तालिम पाएका कम्पाउन्डर कमलप्रसाद दाहालले हिगुवापाटीको पाटीमा बसेर मण्डनदेउपुरमा स्वास्थ्य सेवा सुरुवात गरेका थिए।

त्यो बेला गाउँमा अस्पताल बन्ला भनेर कसैले सपनासमेत देखेको थिएन ।“घाउ–खटिराको चिरफार गरिदिने र काटेको ठाउँमा रगत रोकिदिने काम उहाँले धेरै गर्नुभयो,” लम्सालले भने । रगत रोकिदिने उपचारबाट सुरु भएको गाउँमा ५१ वर्षपछि अस्पताल बनेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ।

  • प्रकाशित मिति : वैशाख १८, २०७९, आइतवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८