• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बाघले आक्रमण गर्दा चितवन राष्ट्रिय निकुञ्जमा माहुतेको मृत्यु

  • खबरदाता

बाघले आक्रमण गर्दा चितवन राष्ट्रिय निकुञ्जमा माहुतेको मृत्यु

बैशाख १७,२०७९

चितवन – बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

चितवन  राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको हो ।  बारा जिल्लाको कोल्बी नगरपालिका–१ स्थाइ घर भएका करिब २३ वर्षको रमेश चौधरीलाई शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा बाघले आक्रमण गरेको थियो।

हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

शरिरको घाँटी लगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो । शवको जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । छोराको मृत्युको विषयमा बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भइरहेको अधिकारीले बताए ।

  • प्रकाशित मिति : वैशाख १७, २०७९, शनिवार १४:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८