• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गगनको दोहोरो चालः पहिला विद्रोह गर्न उचाले, अहिले उम्मेदवारी फिर्ता लिन उपदेश

  • खबरदाता

गगनको दोहोरो चालः पहिला विद्रोह गर्न उचाले, अहिले उम्मेदवारी फिर्ता लिन उपदेश

बैशाख १६,२०७९

काठमाडौँ । भविष्यमा पार्टीको नेतृत्व लिन सक्ने आस गरिएका नेपाली कांग्रेसका युवा नेता गगन थापाको उक्साहटमा लाग्नेहरुले यसपालि नराम्ररी धोका खाएका छन् । सुरुमा सत्ता गठबन्धनको धुँवाधार विरोध गर्न उनले कार्यकर्ता उचाले ।

गगनको उक्साहटमा लागेर पार्टीमा प्रतिबद्ध भएर लागेका र अहिले पनि टिकट पाउने सम्भावना भएका धेरै नेता–कार्यकर्ताले गठबन्धनबाट नउठ्ने निर्णय लिए । माधव नेपाल र पुष्पकमल दाहालजस्ता पथ–विचलित नेताहरुका समूहलाई बोकेर चुनावमा जान नहुने दृढ मत राखे । यही कारण उनीहरु टिकटबाट मात्र वञ्चित भएनन् । धेरैले गठबन्धनबीच भएको सहमति र पार्टीको निर्देशन अवज्ञा गरी समानान्तर उम्मेदवारी पनि दिए ।

गगनले गठबन्धन आफूलाई पनि चित्त नबुझेको तर अब विरोध गर्नुको औचित्य नभएको भनेर प्रकारान्तरले सभापति शेरबहादुर देउवाले लिएको पार्टीघाती नीतिको बचाउ गरेका छन् । रातारात गगन देउवासँग किन बिके रु के कुरामा लेनदेन गरे रु यो स्पष्ट भइसकेको छैन । तर, उनले जे गरे, त्यसले उनका समर्थकहरूमा व्यापक रोष पैदा गरेको छ ।

अझ गगन आफूलाई गणतान्त्रिक आन्दोलनको विम्बका रुपमा चिनिन चाहन्छन् । अर्थात् वंशवादी राजनीतिको विपक्षमा उभिएर उनले आफ्नो परिचय बनाएका हुन् । अहिले आएर वंशवाद र परिवारवादलाई शिरमा राखेर उनी मुख्य शक्तिकेन्द्रमा धूप लिएर दौडधूप चलाइरहेका छन् ।

काठमाडौँमा प्रकाशमान सिंहकी पत्नीले मेयरको टिकट पाउनासाथ गगन कुदेर काँध थाप्न हिँडे । त्यतिखेर गगनले महाधिवेशनमा प्रकाशमान संस्थापनइतर समूहलाई धोका दिएर रातारात देउवालाई काँध थाप्न किन तयार भएका थिए भन्ने पनि बिर्सिए । अर्थात् पार्टीभित्रको विद्रोही आवाजलाई प्रकाशमानले रातारात गोप्यरुपमा आफ्नी पत्नीका नाममा काठमाडौँको मेयर पदसँग साँटेको कुरालाई गगनले सहज रुपमा लिए । गगनको यो सम्झौतापरस्त लाइन स्वयं गगनको मौलिक पहिचानको विरुद्धमा छ ।

हिजो जसरी इमानदार एवं निष्ठावान् कांग्रेस कार्यकर्ताले गगनको लहैलहैमा लागेर पार्टी नेतृत्वको विरुद्धमा विद्रोहको शंखघोष गरेका थिए, अहिले उनीहरू गठिएकव् महसुस गरिरहेका छन् । उनीहरुको निर्दोष भावनामा गगनले दोहोरो चरित्र प्रदर्शन गरेर नराम्रोसँग खेलवाड गरेका छन् । यसको हिसाब गगनले अवश्य चुकाउनेछन् । त्यो हिसाब चुक्ता हुन आउँदो महाधिवेशन कुर्नुपर्छ या प्रतिनिधि सभाको चुनावमै चुक्ता भइसक्छ, प्रतीक्षाको विषय बनेको छ ।

  • प्रकाशित मिति : वैशाख १६, २०७९, शुक्रवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८