• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गृहमन्त्रीले बागी उम्मेद्बारी फिर्ता लिन गरेको आग्रहलाइ पौडेलका प्रस्तावक र समर्थका द्वारा अस्विकार

  • केपी शर्मा

गृहमन्त्रीले बागी उम्मेद्बारी फिर्ता लिन गरेको आग्रहलाइ पौडेलका प्रस्तावक र समर्थका द्वारा अस्विकार

बैशाख १५,२०७९

चितवन – गृहमन्त्री बालकृष्ण खाँडले भरतपुरमा काङ्ग्रेसबाट स्वोतन्त्र उम्मेदरका समर्थक र प्रस्तावकसंग भेट गरेका छन।

भरतपुरमा स्वोतन्त्र उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलका प्रस्तावक मिना खरेल र समर्थक कृष्णलाल सापकोटालाइ गृहमन्त्रीले भेट गरेका हुन।

भरतपुर ३ स्थिति बेलचोकमा रहेको सापकोटा निवासमा गृहमन्त्री सहित खरेल र सापकोटा बिच करिब २ घन्टा छलफल भएको थियो।

छलफलपछि पौडेलका प्रस्तावक मिना खरेलले आफुहरु काङ्ग्रेसको उमेदवार लिएर हिँडेको हुनाले ब्याक हुन नसक्ने कुरा गृहमन्त्रीलाइ भनेको बताइन। उनले भनिन , गृहमन्त्रीले यो पटकलाइ छाड्न आग्रह गर्नु भयो हामीले काङ्ग्रेसको भावाना अनुसार गएकोले पछि हट्दा काङ्ग्रेसलाइ क्षति हुन्छ भन्ने कुरा राख्यौं ।’

पौडेलका समर्थक रहेका कृष्णलाल सापकोटाले कुनै पनि हालतमा उम्मेद्बारी फिर्ता नहुने भनेर गृहमन्त्रीलाइ कुरा राखेको बताए ।उनले भने , गृहमन्त्री ज्युले पार्टीको निर्णय भएकोले ब्याक हुन भन्नु भयो हामीले पनि चितवन काङ्ग्रेसको निर्णय भएकोले अब फिर्ता हुन गाह्रो हुने बताएउँ।
धेरै लामा कुराहरु भए देश बिदेशका समेत कुराहरू भएको सापकोटाले बताए । पार्टीका पुराना कुराहरु गृहमन्त्रीले निकाल्नु भयो तिनै बिषयमा कुराहरू भए।

उनले भने , अन्त्यमा जगन्नाथजीको उम्मेद्बारी फिर्ता गराउनु पर्छ भन्ने उहाँहरुको आग्रह थियो हामीले जगन्नाथजी जित्ने मान्छे हो किन फिर्ता गराउनु पर्‍यो र हामीले फिर्ता गराउन सक्दैनौं भनेउँ।

मन्त्री खाँडले सापकोटा निबासमा प्रस्तावक मिना खरेल, समर्थक कृष्णलाल सापकोटा,केन्द्रीय सदस्य एवं बिना बिभागिय मन्त्री उमेश श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोईराला, पूर्व सांसद भिमवहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष राजेश्वर खनाल लगायतका नेताहरु सहभागीसंग छलफल गरेका थिए।

  • प्रकाशित मिति : वैशाख १५, २०७९, बिहीवार १३:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८