बैशाख १५,२०७९
चितवन – बिहीवार मध्य रातमादेखि नारायणगढको कमलनगरमा लागेको बिहान ७ बजे नियन्त्रणमा आएको छ।
भरतपुर ३ स्थिति कमलनगरमा रहेको तुलसीराम सापकोटाको घरमा बिहिवार राति करिब २ बजेको समयमा आगलागी भएको चितवन प्रहरीले जनाएको छ।
आगलागीबाट सापकोटाको चार तल्ले घरको पहिलो तल्लामा रहेका दुर्गा इलेक्ट्रोनिक पसल, कृष्ण सप्लायर्स फेशन जुत्ता चप्पल र कपडाको गोदाम लगायतका पसलहरु पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी , नेपाली सेना, शसस्त्र प्रहरी, स्थानिय व्यक्तिहरु र भरतपुर महानगरपालिकाको , खैरहनी र नेपाली सेना सहितको ४ वटा दमकलको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रबक्ता नरहरि अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार पसल संचालकहरु बिष्णु प्रसाद लामिछाने( एक्सप्रेस मोबाईल पसल) बिष्णु आचार्य (दुर्गा ईलेक्ट्रोनिक पसल ),बसन्त कार्की ( श्री कृष्ण सप्लायर्स) शंकर सापकोटा (जुत्ता पसल) ,बासुदेव आचार्य (फेन्सी पसल )सुर्यमणि लामिछाने (दियालो फेन्सी पसल )सम्पर्क आएका छन।
क्षतिको थप विवरण आउन बाकिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८