• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

भरतपुरमा भोलिबाट नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुँदै , रास्ट्रपतिले उद्घाटन गर्ने

  • खबरदाता

भरतपुरमा भोलिबाट नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुँदै , रास्ट्रपतिले उद्घाटन गर्ने

 

बैशाख ८,२०७९

चितवन- चितवनको भरतपुरमा भोलि शुक्रवार देखि नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुन लागेको हो।

बैशाखको ९ देखि ११ गतेदेखि सम्म चल्ने उक्त एक्स्पोको रास्ट्रपति बिद्यादेबि भण्डारीले गर्ने भएकि छन।

नेपाल औषधि उत्पादक संघले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पो सम्बन्धि जानकारी गराएको हो। संघका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले शुक्रवार दिउँसो १ बजे रास्ट्रपतिले एक्स्पोको उद्घाटन गर्ने बताए ।

संघका महासचिव विप्लव अधिकारीले भरतपुरमा संचालन हुन लागेको एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाईएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने बताए । एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने र प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनले बताए ।

औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक नारायणबहादुर क्षेत्रीले बताए। प्रत्येक दुई वर्षमा एक्स्पो गर्दै आए पनि कोभिडका कारण २०२१ मा एक्स्पो हुन सकेको थिएन ।

एक्स्पोमा १६० स्टल रहने छन् । जस मध्येका १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरुका स्टल रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् ।

एक्स्पोमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघको आवद्धता रहेको छ । एक्स्पोका ३० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक रहेको छ ।

एक्स्पोमा विभिन्न ठाउँबाट आवतजावत गर्नका लागि सटल बस, फुड कोर्ड, पार्किङ लगायतको व्यवस्था मिलाईएको र सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

  • प्रकाशित मिति : वैशाख ८, २०७९, बिहीवार १८:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८