• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस नेपालमा

  • रासस

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस नेपालमा

 

बैशाख ८,२०७९

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आएका छन।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

आज अपराह्न उनी नेपाल आइपुगेका हुन । नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरबारको भ्रमण गर्ने छन ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीसमेत आउनुभएको छ । उहाँ नेपालबाट वैशाख १० गते फर्कने कार्यक्रम रहेको छ ।

  • प्रकाशित मिति : वैशाख ८, २०७९, बिहीवार १७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८