• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

चितवनमा ९७ हजार बालबालिकाले लगाए टाइफाइट रोग बिरुद्धको खोप

  • खबरदाता

चितवनमा ९७ हजार बालबालिकाले लगाए टाइफाइट रोग बिरुद्धको खोप

चैत २९,२०७८

चितवन- जिल्लामा सञ्चालन गरिएको टाइफाईट रोग बिरुद्धको खोप ९७ हार ७ सय ४२ बालबालिकाले लगाएका छन् ।

सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईएको थियो ।

यही चैत २५ गते देखि सुरु भएको खोप अभियानमा सो संख्यामा बालबालिकाले खोप लगाएका हुन । पहिलो दिन ३४ हजार ६ सय ४७ जना, दोस्रो दिन २८ हजार १ सय जना, तेस्रो दिन ३० हजार ३ सय ८३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वासथ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिइन ।
उनका अनुसार आज जिल्लाका ७० भन्दा बढी ठाउँबाट खोप लगाइदैछ । इच्छाकामना गाउँपालिकामा ३० गतेसम्म, भरतपुर महानगरमा बैशाख ४ गतेसम्म र अन्य स्थानीय तहमा बैशाख २ गतेसम्म खोप लगाइदैछ । ढकालका अनुसार भरतपुर महानगरमा ४० हजार १३ जना, खैरहनीमा १४ हजार २ सय ६३ जना, माडीमा ८ हजार ६१ जनाले खोप लगाइसकेका छन् ।

यस्तै रत्ननगरमा १४ हजार ७२ जना, राप्तीमा ८ हजार ३ सय ९३ जना, कालिकामा ८ हजार ३ सय ७ जना, इच्छाकामनामा ४ हजार ६ सय ३३ जनाले खोप लगाएका छन् । ढकालले सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गरेर समयमै खोप लगाउन अनुरोध गरेकि छन ।

  • प्रकाशित मिति : चैत २९, २०७८, मंगलवार १४:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८