• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

भरतपुरबाट राष्ट्रिय शक्ति नेपालमा ८५ जना प्रवेश

  • खबरदाता

भरतपुरबाट राष्ट्रिय शक्ति नेपालमा ८५ जना प्रवेश

 

चैत १,२०७८

चितवन – राष्ट्रिय शक्ति नेपालमा ८५ जना कार्यकर्ता प्रवेश गरेका छन।

भरतपुरमा सोमबार भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ८५ जना राष्ट्रिय शक्ति नेपालमा प्रवेश गरेको झलकराज पौडेलले जानकारी दिए ।

उक्त पार्टीको चितवन जिल्ला क्षेत्र नम्बर तीनको आयोजनामा सो कार्यक्रम भएको थियो।

गत सोमबार झलकराज पौडेलको सहजीकरणमा जीवन लामाको अध्यक्षतामा राष्ट्रिय युवा शक्ति नेपालको वडा स्तरीय भेलाका नब आगन्तुकलाई उक्त कार्यक्रममा प्रमुख अतिथि कृष्ण लामाले टीका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा अतिथिको तर्फबाट केशब जङ्ग थापाले आफ्ना भनाई राखेका थिए । त्यस्तै सो कार्यक्रममा महेश सुबेदीलाई राष्ट्रिय युवा शक्ति नेपाल क्षेत्र नम्बर तीनको उपाध्यक्षको जिम्मेवारी दिईएको थियो ।

क्षेत्रीय सचिव झलकराज पौडेलले सन्चालन गरेको सो कार्यक्रमको अध्यक्षता परशुराम देबकोटाले गरेका थिए ।

  • प्रकाशित मिति : चैत १, २०७८, मंगलवार ०६:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८