• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

खानपानमा ध्यान दिए यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

  • अन्य पत्रिका

खानपानमा ध्यान दिए यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

 

फागुन २६, २०७८

बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन ।

अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहनुभएको छ । नियमित डायलासिस धेरै बोझको जिन्दगी हो, तुलसीले भन्नुभयो, “हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।” तुलसीको डायलासिस हप्तामा तीन पटक गर्नुपर्छ । हाल उक्त केन्द्रमा २५ जनाले हप्तामा तीन पटकसम्म नियमित डायलासिस गराइरहेका छन् ।

एक पटक डायलासिस गर्नलाई चारदेखि पाँच घण्टासम्म लाग्दछ । यस्तै रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ । उहाँको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ मा भएको थियो । त्यसपछि नियमित डायलासिसमा रहनुभएकी श्रीपालीको २०७१ साल माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : फागुन २६, २०७८, बिहीवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८