• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

यामाहाको एक्सचेन्ज मेला : ग्राहकलाइ छुटैछुट

  • खबरदाता

यामाहाको एक्सचेन्ज मेला : ग्राहकलाइ छुटैछुट

 

फागुन २२,२०७८

चितवन – चितवनमा यामाहा मोटर साइकलको एक्सचेन्ज मेला सुरु भएको छ। मोरङ अटो वर्कसको आधिकारिक बिक्रेता नबिन अटोले आइतबारबाट उक्त महामेलाको आयोजना गरेको हो।

नारायणगढको नारायणी नदी किनारमा सुरु भएको यामाहाको महा एक्सचेन्ज मेला पाँच दिनसम्म चल्ने आयोजकले बताएका छन।

मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले मेला सफलताको शुभकामना दिए। उनले अटो व्यवसायको कारोबार देशकै दोस्रो स्थानमा रहेको बताए । यसरी आयोजना हुने मेलाले यहाँको आर्थिक गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

पुराना साधन एक्सचेन्जले सडक दुर्घटनामा कमी ल्याउन सकिने ट्राफिक कार्यालय बागमती प्रदेशका प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमलले बताए ।

उक्त महामेलामा कुनै पनि कम्पनीका पुराना मोटरसाईकल स्कुटर एक्सचेन्ज गर्न सकिनेछ । जती नै पुरानो मोटरसाईकल भए पनि कागजपत्र सुरक्षित भए मेलामा सजिलै एक्सचेन्ज गर्न सकिने नविन अटोका प्रवन्ध निर्देशक कपिल कर्माचार्यले बताए ।

मोटरसाइकल एक्सचेन्ज गर्दा भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थपिने उनले जानकारी दिए । उनका अनुसार मेलामा नयाँ मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजार रुपैयाँसम्म नगद छुट समेत दिइने छ । मेलामा दुई सय ५० मोटरसाइकल तथा स्कुटर विक्री गर्ने र एक हजार ग्राहकलाई टेस्ट राइड गराउने लक्ष्य रहेको उनले बताए । किस्तामा मोटरसाइकल खरिद गर्दा ३० प्रतिशत देखि माथि डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।मेलामा यामाहाका १० बढी प्रकारका २ लाख देखि ६ लाख सम्मका मोटरसाइकल राखिएका छन।

सो अबधिमा प्रत्येक टेस्ट राइड खरिदमा निःशुल्क बोटिङ टिकटको पनि व्यवस्था गरिएको छ । मेला अवलोकनमा आउनेहरुका लागि हाजिरी जवाफ, फेसन सोलगायतका कार्यक्रम पनि गरिने उनले बताए ।

शोरुमबाट मोटरसाइकल बिक्री बितरण गर्दै आएपनि मेला र अफरमा फरकपन पाइने उनको भनाइ थियो । नविन अटो सेन्टरका अध्यक्ष मुना देवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चितवन अटो डिलर एसोसियसनका पुर्व अध्यक्ष इश्वर श्रेष्ठ, नेपाल अटो ट्रेड युनियनका अध्यक्ष सागर देउजा, चितवन आटोमोबाइल्स एसोसियसनका अध्यक्ष कृष्ण भण्डारी, चितवन अटो रिकन्डिसन एसोसियसनका अध्यक्ष सूर्य अधिकारी, अटोमोबाइल्स एशोसियसन
अफ नेपालका केन्द्रीय सदस्य गोपाल भट्टराई, जिल्ला ट्राफिक कार्यालय चितवनका ट्राफिक प्रमुख भगवानराज थापा लगायतको उपस्थिति रहेको थियो ।

  • प्रकाशित मिति : फागुन २२, २०७८, आइतवार २०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८