फागुन २१,२०७८
चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् ।
पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणको चुनाव हुनु अधि संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।
पहिलो चरणका अन्य २ जना उमेदवार प्राडा सुर्यकान्त घिमिरे र उत्तम जोशीले खनाललाइ सहयोग गर्ने घोषणा गरेपछि अन्तिममा श्रेष्ठले पनि समर्थ गरेका हुन।
शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि शनिवार दोस्रो चरणको मतदान हुने भनिएको थियो तर प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन गरे संगै उनी निर्विरोध निर्बाचित भएका हुन् ।
पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत,कैलाश कोइरालाले ४१२ मत र डा।सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । १०९ मत बदर भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८