• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

एसएलसी ब्याच २०४७ द्वारा बालकुमारीलाई तीन लाख सहयोग

  • खबरदाता

एसएलसी ब्याच २०४७ द्वारा बालकुमारीलाई तीन लाख सहयोग

 

फागुन १४,२०७८

बालकुमारी माबिका पुर्ब विद्यार्थीहरुले बिद्यालयलाई ३ लाख बढीको सहयोग गरेका छन।

बालमाविद् अलम्नाई एसोसिएसन एसएलसी ब्याच २०४७ का विद्यार्थीले शुक्रबार बालकुमारी माध्यमिक विद्यालयलाई ३ लाख २५ हजार ७०१ रुपैयाँ आर्थिक सहयोग गरेका हुन । उक्त ब्याचका ५१ जना विद्यार्थीबाट सो रकम संकलन गरिएको थियो ।

निजीस्रोतका शिक्षक र कर्मचारीको तलब व्यवस्थापन हुन नसकेर विद्यालय अत्यन्तै गम्भीर समस्या आएपछि सहयोग गरिएको विद्यार्थीहरुले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वप्रधानाध्यापक कृष्णराज हमाललाइ सम्मान गरिएको थियो।
सम्मानपछि बोल्दै हमालले कुनै पनि उपलब्धि हासिल गर्न धेरै मिहिनेत र योगदानको खाँचो पर्ने बताए । बोल्ने क्रममा भावुक हुँदै हमालले भने, ‘विद्यालयलाई माथि उकास्न विद्यालयमा कार्यरत प्रअ र शिक्षकको अहम् भूमिका रहन्छ ।’ उनले विद्यालयको विकास र प्रगतिको कामनाका पूर्वविद्यार्थीहरुको सहयोगको प्रशंसा गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक प्रधानले बालकुमारीको पूर्वविद्यार्थी भन्न पाउँदा अहिले पनि गौरव महसुस हुने बताउँदै विद्यालयका कृयाकलापहरुमा पूर्वविद्यार्थीहरुको संलग्नता अपेक्षित रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा,पुर्ब विद्यार्थीहरु डा। बद्री पौडेल, डा। प्रकाश ज्ञवाली, प्रहरी उपरीक्षक अरुण पौडेल, अलम्नाइका पूर्वअध्यक्ष आश्विन श्रेष्ठ र व्यवसायी गीता सेंढाईले विद्यालयले सधैँ पूर्वविद्यार्थी गुहार्नुभन्दा दीगो आर्थिक स्रोतको पहिचान गरी आत्मनिर्भर हुनुपर्ने सुझाव दिए ।

विद्यालयका पूर्वविद्यार्थी सूर्यप्रकाश कँडेलले संचालन गरेको कार्यक्रममा स्वागत रिना श्रेष्ठ र धन्यवाद ज्ञापन सञ्जयकुमार गुप्ताले गरेका थिए । कार्यक्रमको अध्यक्षता बालमाविद् अलम्नाईका अध्यक्ष सेवन पन्तकोले गरेका थिए।

  • प्रकाशित मिति : फागुन १४, २०७८, शनिवार १४:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८