• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

फोहोर व्यवस्थापनको रणनिती निर्माण गर्न कार्यशाला

  • खबरदाता

फोहोर व्यवस्थापनको रणनिती निर्माण गर्न कार्यशाला

 

फागुन १४,२०७८

चितवन – नेपाल विकास समाजले भरतपुर महानगरपालिका क्षेत्रको घरेलु फोहोर व्यवस्थापनको लागि रणनिती निर्माण गर्न कार्यशाला सम्पन्न गरेको छ ।

शुक्रबार महानगरपालिकामा गरेको कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यशालामा नेपाल विकास समाजका कार्यक्रम संयोजक सागर कार्कीले कार्यक्रमको सहजीकरण गर्दै कार्यशालाले आगामी तीन वर्षको अवधिमा महानगरपालिकामा फोहोर व्यवस्थापनका लागि रणनीतिक दृष्टिकोण र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्थानिय तहको प्रारम्भिक कार्य फोहोर व्यवस्थापनको भएपनि ल्यान्डफिल साइट नहुँदा चुनौती बनिरहेको बताए । उनले फोहोरको व्यवस्थापनको लागि रणनिती निर्माण गर्दा आधारभूत समस्यालाई पहिचान गर्नुपर्नेमा जोड दिए । फोहोर व्यवस्थापनको लागि नितीगत र व्यवहारिक तहमा नेपाल विकास समाजसँग सहकार्य र समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता सुवेदीले गरे । यसैगरि फोहोर व्यवस्थापन मानवको सभ्यतासँग जोडिएको बताउँदै स्रोतमै फोहोर व्यवस्थापनको लागि सचेतना आम मानिसहरुलाई प्रदान गर्न जरुरी रहेको बताए सुबेदिले बताए ।

महानगरका वातावरण शाखा प्रमुख बिराट घिमिरेले फोहोरको दिर्घकालीन व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा ल्यान्डफिल साइट आगामी तिन वर्षभित्र बन्ने गरि पक्रिया अगाडि बढिरहेको जानकारी दिए । महानगरले घरेलु कुहिने फोहोर व्यवस्थापनको लागि ५० प्रतिशत अनुदानमा रिङ्ग कम्पोष्टिङ्ग वितरण गरेको उनले बताए ।

स्रोतमै फोहोर व्यवस्थापन हुन नसक्नु मुख्य चुनौती रहेको बताउँर्दै घिमिरेले यसको व्यवस्थापनको लागि कार्याशालाले थप भूमिका खेल्ने विश्वास गरे । कार्याशालामा नेपाल विकास समाजका वरिष्ठ व्यवस्थापक र वित्त प्रबन्धक कालिदास न्यौपानेले संस्थाको बारेमा जानकारी गराएका थिए ।

संस्थाले हाल वातवरण ,स्वास्थ्य ,कृषि , वातावरण उर्जा र शिक्षाको बारेमा विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी गराए । फोहोर व्यवस्थापनको लागि हाल भरतपुर महानरपालिकामा विभिन्न कार्यक्रम , अनुसन्धानहरु गर्दै आएकोमा थप पाँच वटा पालिकासँग जोडिएर काम गर्ने योजना भइरहेको सुनाए ।

नेपाल विकास समाजकी कार्यकारी निर्देशक स्वेता कोइरालाले स्थानिय सरकारसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले संस्थाले फोहोर व्यवस्थापनमा काम गरिरहेको बताइन् । भरतपुर भरतपुर महानरपालिकाकी शाखा अधिकृत जानुका केसीले महानगरमा भइरहेका अभ्यासबारे कार्यशालामा जानकारी गराएकी थिइन् ।

कार्यशालामा भरतपुर ५ का वडाअध्यक्ष पदमपाणी शर्मा , विद्यार्थी प्रतिनिधी र विभीन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधीहरुले आफ्नो धाराणा राखेका थिए ।

  • प्रकाशित मिति : फागुन १४, २०७८, शनिवार ०१:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८