माघ २८,२०७८
प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी उपरीक्षक नवराज अधिकारीलाइ काज सरुवा गरेको छ।
यस्तै महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको पनि काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो ।
यी तीनै जिल्लामा रहेका एसपीत्रय ओम अधिकारी, दिनेश आचार्य र ईश्वर कार्कीको एकवर्षे कार्यकाल पुरा भएपनि सरुवा भएका थिएनन।
प्रहरी प्रधान कार्यालयले कपिलवस्तु प्रहरी प्रमुखको नेतृत्वगर्दा आफ्नो कार्यकालमा अपराध नियन्त्रण, तस्करी तथा चोरी पैठारी रोकथाम, राजस्व चुहावट नियन्त्रण, फरार अभियुक्त पक्राउ र अपराध अनुसन्धानमा अब्बल नतिजा दिएका अधिकारीलाई चुनौतीपूर्ण मानिएको चितवनको जिम्मेबारी दिएको छ ।
यस्तै महानगरीय अपराध महाशाखामा रहेका एसपी पंगेनीलाई नेपाल भारत सीमा अपराधको थलो मानिने महोत्तरी र बढुवापछि नेतृत्वको अवसर नपाएका शाहीलाई बर्दियाको जिम्मेबारी दिएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८