• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

चितवन प्रहरीको ‘हिरासतमा पुस्तक अभियान’ प्रभावकारी बन्दै

  • खबरदाता

चितवन प्रहरीको ‘हिरासतमा पुस्तक अभियान’ प्रभावकारी बन्दै

 

२०७८ २३, माघ

 

चितवन – लागूऔषध मुद्धामा प्रक्राउ परेका गोरखा घर भएका समिर लामिछाने ९नाम परिवर्तन० हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । करिब २३ दिन अघि उनलाइ प्रहरीले पक्राउ गरि हिरासतमा लिएको हो।

त्यसै पनि हिरासत भनेपछि अत्यास लाग्दो हुन्छ । दिनभर एउटा सानो कोठरीमा बिताउनु पर्ने। तर हिरासतमा रहेका लामिछानेले भने हिरासतको समयलाइ पनि सदुपयोग गरिरहेका छन। हिरासतको कष्टकर समयमा उनले किताबलाई साथी बनाएका छन् । २३ दिन भयो उनी हिरासतमा पररेको । अदालतमा उनको मुद्धा चलिरहेको छ । हिरासतमा दिक्क लागेको समयमा उनले किताब पढेर दिन कटाइरहेको सुनाए । हिरासत परेको केहि दिन के गर्ने कसो गर्ने भनेर सोच्दा सोच्दै उनका दिन बिते। तर उनले यो समयलाइ पनि राम्रो सदुपयोग गर्ने सोचेर पुस्तक पढ्ने बिचार गरे। नभन्दै १८र२० दिनमा उनले ८ वटा पुस्तक पढेर सके ।

उनले सम्बन्ध , दोभानको अभिार , लोलिता ,देवघाट क्षेत्रको प्रतिवेदन , श्री गण्डकीको आवतरण लगायतका किताब उनले पढि भ्याए । लेखक विजयकुमारको सम्बन्ध किताब अल्लि बढीनै मनपरेको उनले सुनाए । उनी डेण्टल तेस्रो वर्षका विद्यार्थी पनि हुन् । परिक्षा आउन लागेकाले हिरासतमै तयारी पनि गरिरहेका छन् । ‘मलाई पहिल्यैदेखि साहित्यिक किताब पढ्न मनपथ्यो, अहिले यहाँ ९हिरासतमा०बस्दा मनमा अनेक कुरा खेल्छन् बरु किताब पढ्यो भने ध्यान मोडिन्छ’ २० वर्षीय समिरले भने ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा अहिले विभीन्न मुद्धाका ४७ जना थुनुवा रहेका छन् । लागुऔषध मुद्धामै हिरासतमा परेका चितवनको कालिका नगरपालिकाका लाल चौधरी ९नाम परिवतर्न०ले पनि किताब अध्ययन गरेरै दिन बिताइरहेको बताए । उनले ६ वटा किताब पढिसकेका छन् ।‘ पहिले त साहित्यिक किताब खासै पढ्ने थिइन् अहिले मन भुलाउन पनि हिरासतको लाइब्रेरीबाट किताब ल्याएर पढ्ने गरेको छु । दिन कटाउन सजिलो भएको छ ,उनले भने।

जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक ९डिएसपी० नरहरी अधिकारी ‘हिरासत पुस्तक अभियान’ प्रभावकारी भएको बताउँछन् । अनुसन्धानको क्रममा रहेका थुनुवाहरुलाई खाली बस्दा नकरात्मक भावाना पैदा हुन सक्ने भएकाले दिमागलाई केहि न केहि कुरासँग जोडिरहँदा नयाँ कुरा सिक्न प्रेरित गर्न हिरासतमा लाइब्रेरी राखिएको उनले बताए । मुद्धाको किनारा लागेको अवस्थामा पनि समाजमा पुनस्थपना हुनको लागि किताबले सहयोग पुग्ने भएकाले सिर्जनात्मक बनाउनका लागि लाइब्रेरी स्थपना गरिएको डिएसपी अधिकारीको भनाइ छ । ‘धेरै थुनुवाहरुले पुस्तहरु पढ्ने गर्नुहुन्छ । प्रभाव सकरात्मक नै छ । हिरासतमा बस्दा डिप्रेस हुने बाहिरको जस्तो वातावरण नहुँने सोसल मिडीया पनि चलाउन नपाइने परिवारसँगपनि टाढा हुने भएकाले डिप्रेस हुने भएकाले सिर्जनसील समय कटाउन किताबले भूमिका खेलेको देखिएको छ’ उनले भने । मुद्धाको प्रकृति हेरेर २५ दिनदेखि ६० दिनसम्म हिरसातमा थुनुवा राखिन्छ । बैंकिङ कसुर , लागुऔषध ६० दिनसम्मर अन्य मुद्धाकालाई बढीमा २५ दिन थुनामा राख्न सकिने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत भवनकै एउटा कुनामा एउटा र्‍याक र दराजमा किताब राखेर लाइब्रेरी बनाइएको छ । विभीन्न विद्याका झण्डै एक हजार किताबहरु संकलन भइसकेको अधिकारीले बताए । बाहिरी दाताहरुकै सहयोगमा किताब संकलन भइरहेको उनले बताए । राजनितीबाहेक अन्य विभीन्न धार्मिक , साहित्यिक कथा , उपन्यास ,ऐतिहासिक कविता , प्रेरणादायी किताबहरु हिरासत कक्षमा राखिएको उनले बताए ।

  • प्रकाशित मिति : माघ २५, २०७८, मंगलवार ०४:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८