• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

नेपालमा ओमिक्रोनसंगै डेल्टाको पनि जोखिम

  • खबरदाता

नेपालमा ओमिक्रोनसंगै डेल्टाको पनि जोखिम

 

माघ ९,२०७८

नेपालमा कोभिड- १९ को नयाँ भाइरस ओमिक्रोन र पुरानो भाइरस डेल्टाको उत्तिकै जोखिम रहेको पाइएको छ।

पछिल्लो तथ्यांकलाइ हेर्ने होभने नेपालमा कोरोनाभाइरस सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पाइएको छ।

राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले ३२ जनाको जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको हो। आइतबारको नियमित कोभिड-१९ को ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताए।

ओमिक्रोनभन्दा डेल्टा भेरियन्टले बिरामीलाई सिकिस्त पार्ने जनस्वास्थ्यविद्‌हरू बताउँछन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, नेपालमा डेल्टा भेरियन्टको लहर सकिएर ओमिक्रोन भेरियन्टको लहर शुरू भएकाले सबैको ध्यान ओमिक्रोन भेरियन्टमै छ। नयाँ भेरियन्ट फैलिइरहेको वेलामा पुरानो भेरियन्ट पनि समुदायमा हुनु राम्रो सङ्केत नभएको जनस्वास्थ्यविद् बताउँछन्।

विश्वव्यापी तथ्याङ्क अनुसार, ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्दै जादा मृतकको सङ्ख्या बढेको छ। तर, सङ्क्रमितको अनुपातमा मृत्युदर भने डेल्टा भेरियन्टको भन्दा कम छ। अमेरिकामा डेल्टा भेरियन्टको भन्दा तीन गुणा बढी ओमिक्रोन सङ्क्रमित भेटिंदा पनि औसत दैनिक मृत्युको सङ्ख्या उस्तै छ। यसले पनि ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट थोरै हुँदा पनि धेरै असर देखिने विज्ञहरू बताउँछन्।

जीवाणु वैज्ञानिक डा। सुदीप खड्काका अनुसार, ठूलो जनसङ्ख्यामा ओमिक्रोन फैलिंदा हुने क्षति र सानो सङ्ख्यामा डेल्टा भेरियन्ट फैलिंदा हुने क्षति बराबर हुन्छ। “ओमिक्रोनले मृत्यु नगराउने हुँदै होइन, तर डेल्टा र ओमिक्रोन एउटै समुदायमा रहे भने त्यसको क्षति अनुमान विपरित हुन सक्छ, किनकि मानिसको ध्यान ओमिक्रोनमा मात्रै हुन्छ,” डा. खड्का भन्छन्।

‘अब आइसियुमा बिरामी बढ्छन ’

सामान्यतया सङ्क्रमण फैलिन थालेको एकदेखि दुई हप्तापछि आइसीयू भर्ना हुने बिरामी बढ्ने भएकाले अब नेपालमा कोरोनाको मृत्यु बढ्न थाल्ने डा। खड्का बताउँछन्। उनका अनुसार, सङ्क्रमण समुदायमा फैलिन थालेको शुरूआती चरणमा चलायमान (प्रायस् युवा ) समूहबाट कम चलायमान (वृद्धवृद्धा) ज्यादा जोखिम रहेको समूहमा फैलिन थाल्छ।

अहिले नेपाल डेल्टा र ओमिक्रोन दुवै भेरियन्टको जोखिममा रहेको उनको भनाइ छ। किनकि, ओमिक्रोन समुदाय स्तरमा फैलिएको दुई साता शुरू भयो भने डेल्टा भेरियन्ट छिटपुट रूपमा भए पनि समुदायमै छ।

“अहिले नेपालमा गम्भीर लक्षणका बिरामी र मृत्युदर बढ्ने समय भएको छ,” डा। खड्का भन्छन्, “किनकि डेल्टा सङ्क्रमण भएका एक सयमध्ये १० प्रतिशत गम्भीर हुँदा १० जना गम्भीर हुन्छन्। ओमिक्रोन सङ्क्रमण भएका एक हजार जनामध्ये एक प्रतिशत गम्भीर हुँदा पनि १० जना गम्भीर हुन्छन्। ओमिक्रोनको सङ्क्रमण धेरैमा फैलिएकाले अब गम्भीर बिरामी र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।”

  • प्रकाशित मिति : माघ ९, २०७८, आइतवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८