माघ ४,२०७८
चितवन । चितवनको भरतपुर अस्पतालका ३७ कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
अस्पतालका मेसु प्रा. डा. कृष्ण पौडेलका अनुसार सोमबार सांझ सम्मको रिपोर्ट अनुसार संक्रमण हुनेको संख्या ३७ पुगेको हो।
सामाजिक संजाल मार्फत अस्पतालमा सेवा प्रवाह गर्न समेत कठिनाइ भएको जनाएका छन।यो बिसम परिस्थितिमा अत्यावश्यक नपरि अस्पताल नआउन समेत उनले सबैलाइ अनुरोध गरेका छन।
कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ यो बाध्यता पनि मनन गरिदिनुहुन अनुरोध छ। कर्मचारी संक्रमित हुने सँख्या अझ बढेमा सेवाप्रवाहमा केहि कटौतिपनि हुँदै जान सक्ने देखिन्छ उनले लेखेका छन।
संक्रमित कर्मचारीहरु पनि पोजिटिभ भइ होम आइसोलेसनमा बसेको ७ दिनपछि वा अस्पतालबाट डिस्चार्ज भएको ३ पछि ड्यूटीमा हाजिर हुनु पर्ने नयाँ निर्देशन अनुसारनै गर्नु हुन समेत पौडेलले अनुरोध गरेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८