संक्रमण दर ६० प्रतिशत
माघ २,२०७८
चितवन – चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा भरतपुरका ८४ सहित थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा आइतबार १९८ नमुनाको परिक्षण गर्दा ११९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ। जस मध्ये भरतपुर महानगर पालिका भित्रका मात्रै ३२ पुरुष र ५२ महिला गरि ८४ जना रहेका छन।
यस्तै रत्ननगरका ८,खैरहनिका २,इच्छाकामनाका १, माडिका ३ र राप्तीका ५ गरि १९ जना समेत थपिएका हुन।
अन्य विभिन्न जिल्लाका १३ जना समेत संक्रमित भएको प्रयोगशालाका प्रमुख मणि राम महतोले जनाएका छन।
संक्रमितहरु २ देखि ७८ बर्ष उमेर समुहका रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८