• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

चितवन जिल्ला लिग : सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो

  • खबरदाता

चितवन जिल्ला लिग : सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो

 

पुस ३०,२०७८

चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ।

आज ९शुक्रबार० भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन रबिन दराई, प्रताप भट्ट र सन्तोष कोइरालाले गोल गरे । गीतानगरका सोमबहादुर श्रेष्ठ र पदमबहादुर नेपालीले एक(एक गोल फर्काए ।

सौराहाले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । रबिन दराईले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा गीतानगरले गोल फर्कायो । गीतानगरका सोमले गोल गर्दै खेलमा १-१ को बराबरी गरे । पहिलो हाफमा नै सौराहाले फेरि अग्रता लियो । २६ औं मिनेटमा मैदान प्रवेश गरेका प्रतापले ३९ औं मिनेटम सुन्दर गोल गर्दै सौराहालाई २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा दुबै टोलीले एक-एक गोल गरे । ५५ औं मिनेटमा मैदान प्रवेश गरेका सन्तोषले ५७ औं मिनेटमा गोल गर्दै सौराहाको अग्रता ३-१ मा पुराए । ६१ औं मिनेटमा गीतानगरले गोल गर्‍यो । सौराहाका कप्तान अनिल महतोले गीतानगरका खेलाडीलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा पदमले गोल गरे । खेलको अन्तिम समयमा प्राप्त केहि अवसर सदुपयोग गर्न नसल्दा गीतानगर पराजित भयो ।

खेलको म्यान अफ दि म्याच सौराहाका प्रताप भट्ट चुनिए । यो जितसँगै सौराहा समूह एु को दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ६ अंक भएको छ । यो हारपछि गीतानगरलाई भने रेलिगेसनको खतरा भएको । समान खेल खेलेको गीतानगरको एक अंक छ ।

  • प्रकाशित मिति : पुस ३०, २०७८, शुक्रवार ०९:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८