• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

गीतानगरविरुद्ध माडीको ४ गोल

  • खबरदाता

गीतानगरविरुद्ध माडीको ४ गोल

 

पुस २१,२०७९

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ ।

बुधबार भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगायो ।

माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी र विशाल सुनारले समान एक-एक गोल गरे । गीतानगरका सोमकुमार श्रेष्ठले एक गोल फर्काए । खेलको पहिलो हाफमा गीतामगरविरुद्ध माडी हाबी भएको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा माडीले गोल गर्दै अग्रता लियो । माडीका सुमन महतोले सुन्दर गोल गर्दै पहिलो हाफमा अग्रता दिलाए । त्यस अघि पहिलो हाफमै माडीले गोल गर्ने केही अवसर खेर फाल्यो । गीतानगरले पनि पहिलो हाफमा केहि अवसर खेर फालेको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको गीतानगरले दोस्रो हाफमा लयमा फर्कियो । खेलको ४८औं मिनेटमा गीतानगरका सोम बहादुर श्रेष्ठले रिबाउन्डमा गोल गर्दै खेलमा बराबरी गरे ।

अन्तिम १५ मिनेटमा गीतानगरविरुद्ध माडी फेरि हाबी भयो । खेलको ६७ औं मिनेटमा माडीले अग्रता लियो । माडीका सुमन महतोले व्यक्तिगत दोस्रो गोल गर्दै माडीलाई २-१ को अग्रता दिलाए ।

गीतानगरविरुद्ध लगातार आक्रमण गरेको माडीले ७१ औं मिनेटमा अग्रता लम्बायो । ७१ औं मिनेटमा किशोर चौधरीले गोल गर्दै माडीलाई ३-१ को अग्रता दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विशाल सुनारले दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै माडीलाई ४(१ को सहज जित दिलाए ।

खेलको म्यान अफ दि म्याच माडीका लागि दुई गोल गरेका किशोर महतो घोषित भए । यो जितसंगै माडीले समूह एु मा स्पष्ट ३ अंक बटुलेको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक(एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।

लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

  • प्रकाशित मिति : पुस २१, २०७८, बुधवार १०:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८