• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

नवलपुरको बौदिकालीमा लायन्सको स्वास्थ्य शिबिर,३०७ जनाको परिक्षण

  • खबरदाता

नवलपुरको बौदिकालीमा लायन्सको स्वास्थ्य शिबिर,३०७ जनाको परिक्षण

पुस ११,२०७८

नवलपुरको बौदिकाली -२  मा वृहत दात तथा आँखा सिविर सम्पन्न भएको छ।

लायन्स क्लब अफ कावासोती सप्तरङ्गी र बौदिकाली नवलपुर एकीकृत विकास मंचको संयुक्त आयोजनामा शुक्रबार स्वास्थ्य शिबिर गरिएको हो।

बौदिकाली २ को स्वास्थ चौकिमा भएको कार्यक्रममा स्थानीय ३०७ जनाको दात दात तथा अँखाको परिक्षण गरिएको कार्यक्रमका संयोजक लायन शिव खड्काले जानकारी दिएका छन। बौदिकालि नवलपुरको पहाडी क्षेत्रमा रहेको गाउँपालिका हो।

कार्यक्रममा स्थानीय हरुको उपस्तिथि तथा प्रदान गरिएको सेवाले आफुहरु सन्तुष्ट भएको भन्दै आगामी दिनमा समेत स्वास्थ लगायतका विभिन्न सहयोग कार्यक्रम आफुहरुले बौदिकाली गाउपालिकाका विभिन्न क्षेत्रमा लिएर जाने योजना बनाएको स्थानिय समेत रहेका बौदिकाली नवलपुर एकीकृत विकास मंचका कोषाध्यक्ष लक्ष्मण चापागाइले बताए।

सिविरमा सेवाग्राहीको आवस्यकता अनरुप दात तथा आँखा परिक्षण गरिएको थियो।आँखा परिक्षण पश्चात् आवश्यक हरुलाइ चस्मा तथा विभिन्न औसधि वितरण समेत गरिएको थियो ।

कार्यक्रमको उद्धाटन सत्रमा बोल्दै प्रमुख अतिथी बौदिकाली गाउपालिका प्रमुख दुर्गा बहादुर रानाले भौगोलिक रुपमा बिकट बौदिकाली गाउपालिका छनोट गरि सेवा प्रदान गरेकोमा आयोजकहरुलाइ धन्यवाद दिए।उनले आगामी दिनमा समेत अन्य सहयोग कार्यक्रम ल्याउनको लागि लायन्सहरुलाइ अनुरोध गरे। सिविर संचालनका लागि कावासोतिमा रहेको एपेक्स डेन्टल क्लिनिक तथा दलदलेमा रहेको निदान आइ केयर तथा डेन्टल होमको प्राविधिक ,स्वास्थ जनशक्ति तथा औसधि तथा चस्मा सहयोग रहेको थियो।

कार्यक्रम लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका सचिव खेम मगरले संचालन गरेका थिए।कार्यक्रममा बौदिकाली नवलपुर एकीकृत विकास मंचका अध्यक्ष शुक्रराज ओझा,सह सचीव देव गाहा मगर,लायन कविराज लम्साल,स्वास्थ केन्द्रका इन्चार्ज मेखराज राना मगर,संचारकर्मी देवराज पौडेल,निदान आइ केयर तथा डेन्टल होमका संचालक बिक्रम पाण्डे ,एपेक्स डेन्टल केयर का संचालक डा कपिल लामिछाने लगायतका स्वास्थकर्मी तथा स्थानीय वुद्दिजिविहरुको सहभागीता रहेको थियो।

कार्यक्रम संचालनका लागि प्राविधिक सहयोग गर्ने संस्थाहरु,व्यवस्थापनमा सहयोग गर्ने नगरपालिका तथा आयोजनामा सहयोग गर्ने आयोजक संस्थाहरु र प्रतिनिधिहरुलाइ धन्यवाद दिदै लायन्स क्लब अफ कावासोती संप्तरङ्गीका अध्यक्ष तथा कार्यक्रमका सभापती भोजराज भुर्तेल (किरण) ले आगामी दिनमा समेत लायन्स कल्बले यस्तै खालका सामजिक कार्यक्रमहरु नवलपुरका विभिन्न स्थानहरुमा संचालन गर्ने योजना रहेको जानकारी दिए।

  • प्रकाशित मिति : पुस ११, २०७८, आइतवार ०३:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८