• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026

कस्तो रहला आजको मौसम ?

  • खबरदाता

कस्तो रहला आजको मौसम ?

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, देशमा हाल कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले वर्षा र हिमपातको गतिविधि खासै छैन । अबका तीन दिन पनि यस्तै हुने सम्भावना छ ।

दसैँ टीकाका दिन (कात्तिक ४)सम्म समग्रमा देशभरको मौसम घमाइलो हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् सिर्जना गिरीले जानकारी दिइन् ।

महाशाखाका अनुसार, दसैँ टीकाको अघिल्लो दिन मंगलबार ९कात्तिक ३० दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • प्रकाशित मिति : कात्तिक ३, २०८३, मंगलवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८