• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

काठमाडौंमा आज प्रहरीले यी रुटमा चलाउँदै छ निःशुल्क बस

  • खबरदाता

काठमाडौंमा आज प्रहरीले यी रुटमा चलाउँदै छ निःशुल्क बस

बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आम नागरिकको सुविधा र सहज आवागमनका लागि बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दसैँमा उपत्यकाका तीन रूटमा हिजो र आज निःशुल्क बस सञ्चालन गरेको हो ।

यस्तो छ प्रहरीले बस सेवा सञ्चालन गर्ने रूट :–
रूट नम्बर १ स् यो रूट नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

रूट नम्बर २ स् यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ ।

रूट नम्बर ३ स् यो रूट नक्सालबाट सुरु भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्साल फर्किनेछ ।

निःशुल्क बस सेवा आज पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट उक्त रूटहरूमा सञ्चालन हुने प्रहरीले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : कात्तिक ४, २०८३, बुधवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८