• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चनौली मालपोतका हाकीम र अमिनलाई अख्तियारले लग्यो काठमाण्डौ


चनौली मालपोतका हाकीम र अमिनलाई अख्तियारले लग्यो काठमाण्डौ

नगद र १५ लाखको चेक सहित समातिएका कार्यालय प्रमुख पौडेल विविदीत प्रमुखका रुपमा चिनिन्छन् । चनौली मालपोतमा यस्ता घटनाहरु वेलामौकामा भइरहन्छन् । केही समय अघि १ करोडको जग्गा जग्गाधनीर्लाइ थाहै नदिइ विक्रि गरिएको थियो ।

केपी शर्मा –  मंसिर १५, २०७८
चितवन । चनौलीको मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सेवाग्राहीसँग मोटो रकम घुस मागेको भन्ने जाहेरीका आधारमा अख्तियारको इन्टेलिजन्स टिमले बुधवार दिउसो छापा मारेको थियो ।

मालपोत कार्यालय चनौलीका प्रमुख मुकुन्द पौडेललाई ३ लाख १४ हजार पाँच सय नगद र २ वटा चेक सहित पक्राउ गरिएको हो । बरामद नगद मध्ये ५० हजार सेवाग्राहीले बुझाएको र दुई लाख ६४ हजार पाँच सय पौडेलको साथमा रहेको अवस्थामा बरामद गरिएको आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार पौडेलका साथबाट उनकै नाममा काटीएको १० र ५ लाखको एक एक थान गरी १५ लाख रुपैया बरावरको चेक समेत बरामद गरिएको छ । सेवाग्राहीको कित्ताकाट गरीदिने आश्वासनमा कार्यालय प्रमुख पौडेलले घुस मागेका थिए । सेवाग्राहीले अंशवण्डाको कागजसहित कित्ताकाटको लागि पेश गर्दैगर्दा पौडेलले भने प्लटीङका लागि कित्ताकाट माग गरेको भन्दै घुस मागेको पीडित सेवाग्राहीले बताएका छन् । यो कार्यमा सघाउने भरतपुर महानगरपालिका वडानम्वर २० का अमिन विरेन्द्र वहादुर कठायत पनि पक्राउ परेका छन् । उनको साथबाट १ लाख ५० हजार नगद र तीन लाख ५० हजारको चेक अख्तियारले बरामद गरेको हो ।

पौडेललाई कार्यालय बाटै र अमिन कठायतलाई भरतपुरकै एक होटलबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि आज नै आयोगको कार्यालय टंकालमा लगिएको भण्डारीले जानकारी दिए । उक्त कार्यमा अन्य पनि संलग्न हुन सक्ने भन्दै आयोगले अनुसन्धानको दायारा फराकीलो बनाउदै केहीलाई निगरानीमा राखिएको बताइएको छ ।

उक्त मालपोत कार्यालयमा पटक पटक अनियमितताका श्रृखला वाहिरीरहेका छन् । पछिल्लो पटक खवरमुलुकले समेत त्यहाँको अनियमितताको उजागरगरेको थियो ।

सो समयमा १ करोड बढी मूल्यमको जग्गा जग्गाधनीलाई थाहानै नदिई विक्रि भएको थियो । खबरमुलुकमा उक्त समाचार प्रकाशन भएपछि उक्त जग्गा गुपचुपमा जग्गाधनीलाईनै फिर्ता गरिएको थियो ।

पढ्नुहोस

भूमाफियाको खेल : चितवनको चनौली मालपोतबाट जग्गाधनीलाइ थाहानै नदिई करोडौँको जमिन बेचियो

  • प्रकाशित मिति : मंसिर १५, २०७८, बुधवार ०८:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८