आयोजकबाट धन्यवाद पाउनेगरी सुरक्षा योजना बनाएका छौँ : प्रजिअ तामाङ

  • मङि्सर ०९, २०७८

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ । पाँच लाख नेता कार्यकर्ता उतार्ने दावी गरेपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितका सुरक्षा निकायलाई व्यवस्थापन र सुरक्षाको व्यवस्था मिलाउन भ्याइनभ्याई छ । यही बीचमा उद्घाटनसत्रको समय पूर्व, पश्चिम, काठमाण्डौ तथा पोखराबाट आउने सवारीलाई प्रवेश अनुमतिनै नदिइने निर्णय भइसकेको छ । कतिपय समाचारहरु अत्यावश्यक सवारी पनि रोकिने भनेर आइरहदा हामीले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई एमालेको १०औँ महाधिवेशनमा ट्राफिक सहितका सुरक्षाको प्रवन्ध कसरी मिलाइएको छ भनि कुराकानी गरेका छौँ ।

ट्राफिक ब्यबस्थापन कसरी गरिदैछ?

खास गरि हामिले ट्राफिकको ब्यबस्थापनलाइ तीन स्थानबाट हेरेका छाँै र सोही अनुसार व्यस्थापन गर्ने योजनामा छौँ । जस्तो नेपालको पश्चिम क्षेत्र बाट आउने सवारीसाधनलाई हामी नवलपुर प्रशासनको सहयोगमा गैंडाकोट क्षेत्रमा रोक्छौँ । तल नारायणी नदी किनारमा पार्कीङ गर्ने योजनामा छौँ । पुर्ब बाट आएका सवारीसाधनलाइ भरतपुरको केन्द्रीय बसपार्क सम्म आउन दिन्छौ। अनि मुग्लिनको बाटो भएर आएका सवारी साधनलाइ आफटारीमै रोक्छौँ ।

पार्किङको ब्यबस्थापन चाहिँ ?

पुर्बबाट आएका सवारी साधनलाइ हामीले नेपाल ट्रस्ट,सिंचाइ कार्यालय,बसपार्ककै खाली स्थान र देबघाट जाने बाटोको बागेश्वरी आसपासमा राख्ने छौँ ।

पश्चिम् भागको भने गैँडाकोट तर्फ किनारमै पार्कीङको व्यवस्था मिलाएका छौँ । फेरि हामीले नवलपुर, पश्चिम नवलपरासी,रुपन्देही प्रशासनलाई भोलिका लागि मालवाहक र यात्रुवाहक सवारी रोकिदिन भनेका छौँ । अत्यावश्यक सवारी मात्रै पठाउन भनेकाले गाडीहरूको चाप कमनै हुने अनुमान गरेका छौँ तर पनि तयारी त पर्याप्त नै छ ।

कार्यक्रमको उद्घाटन सत्र दिनको १२ देखि ५ बजे सम्म भन्ने हामिले सुनेका छौं। तर बिहान १० बजे देखिनै हामीले मुख्य बजार क्षेत्र र उद्घाटन हुने क्षेत्रमा प्रवेश निषेध गर्नेछौँ । यसको मतलब बजारमा सवारी प्रवेश निषेध हुन्छ । अत्यावश्यक बाहेक माथि भनिएका ठाउँबाट मानिसहरु पैदलनै उद्घाटन स्थल पुग्नुपर्ने हुन्छ ।

सार्बजनिक सवारी साधन, यात्रुबहाक सवारीसाधन , मालबाहाक र निजी सबै सवारीलाइ निषेध गरिने हो । महाधिवेशनमा भाग लिन आउने नआउने तथा काठमाण्डौ पोखरा यात्रा गर्न आएकाहरु पनि रोकिन्छन् त्यो समय । त्यसैले हामीले पुर्बको मकवानपुर , बारा , पर्सा र पश्चिमका पुर्बी नवलपरासी , पश्चिम् नवलपरासी, रुपन्देही सम्म र यता तनहुँ र धादिङ सम्मलाइ तेतै होल्ड गराइदिन भनेर सहयोग मागेका छौँ । सके सम्म बिहान १० बजे देखि सांझ ५ बजे सम्म यो क्षेत्रमा आइपुग्ने गरि सवारीसाधन नपठाउन भनेका छौ।

सवारी चाप अध्याधिक भयो र काठमाण्डौ पोखरा पठाउन पर्यो भने ?

यदि यात्रु र सवारीसाधनको अत्याधिक चाप भएमा हामीसँग अर्को विकल्प पनि खुल्ला राखेका छौँ । जस्तो की टाँडि बाट कालिका नगरपालिकाको भित्री बाटो हुँदै पदमपुरबाट बाइपासको बिशाल चोक निकालेर त्यहाँबाट आँपटारी हुँदै पठाउन सक्ने बैकल्पिक ब्यबस्था यथावत छ ।

अलि समस्या भनेको पश्चिमतर्फ नै हो किनभने नारायणी पुल बाहेक अन्य मार्ग नहुँदा चुनौति छ तर हामी बैठक बसेर नारायणीको पुललाइ अति संबेदनशील मानेर खालि गराइने छ । त्यहाँ कसैलाई उभिएर हेर्न वस्न दिनेछैनौँ । पैदल मात्र गर्न मिल्ने ब्यबस्था मिलाउछौ। त्यताबाट आउनै पर्ने अत्यावश्यक सवारी भए पुलबाट ल्याउने र नारायणगढको पुल्चोक बाट शिबघाट हुँदै घुमाएर जिल्ला प्रशासन चोक निकाल्ने योजना रहेको छ। तर यो संभावना एकदमै कम छ। त्यसैले हामीले सकेसम्म भोलिका लागि होल्ड गर्न भनिरहेका छौँ । यसरी हामिले १० गतेको लागि यातायात पार्किङको ब्यबस्था मिलाएका छौँ ।

यति मात्रैको तयारी होइन । उद्घाटन र बन्द सत्रको सुरक्षा ब्यवस्थापन गर्नु पर्ने चुनौती देखिन्छ । हाम्रो तयारी यसमा पनि छ । सो समयमा मास मोमेन्ट पनि धेरै हुन जान्छ। ती कार्यक्रममा आउने भीआइपी र भीभीआइपी गाडी र हेलिकप्टरबाट आउँछन् । त्यसलाइ हामिले छुट्टै मार्गको ब्यबस्था गरेका छौँ ।

यदी दुर्घटना भइकालेमा हुने सवारी जाम र दुर्घटनाका सवारी पन्छाउने तयारी कस्तो छ?
हामीले हेभि इकुपमेन्ट क्रेन तयारी अबस्थामा राखेका छौँ ।कथमकथाचित दुर्घटना भएमा तुरुन्तै ब्यबस्थापन गर्ने छाँै एम्बुलेन्स पनि तयारीमै राखेका छौँ । दुर्घटना भइहालेमा जतिसक्दो चाँडो उक्त ठाउँ क्लियर पार्नेछौँ ।

सुरक्षाकर्मीको अवस्था र परिचालन कसरी हुँदैछ ?

यो एकदम महत्वपूर्ण प्रश्न पनि हो । अहिले सवैभन्दा बढी चुनौति देखिएकै ट्राफिक व्यवस्थापन हो । त्यसैले जिल्लामा मौज्जुद बाहेक पनि ८० देखि ९० को हाराहारीमा ट्राफिक प्रहरीको माग गरेका छौँ । सशस्त्रका थप ३३३ र नेपाल प्रहरीका ३ देखि ४ सयको हाराहारीमा जनशक्ति थप हुनेछ ।

यस्तै अनुसान्धानका पनि जनशक्ति परिचालन हुनेछन् । गृहले गरेको निर्णय अनुसार तीनवटै निकायको एआइजी आउनु हुनेछ।उहाँहरुले निर्देशीत गर्नु हुनेछ । आधिकारिक रुपमा जिल्ला सुरक्षा समितिको छलफलबाट भएको निर्णय अनुसारनै सुरक्षा ब्यबस्था जिल्लाले मिलाएको हो।

बढी भीड र सवारी आउनै नपाउने नियमले विद्यालय के हुन्छन् ?

बिद्यालयको हकमा बन्द गर्ने भन्ने निर्णय भएको छैन । गर्ने भन्ने कुरा पनि आउँदैन। हामी बिद्यालय, बिद्यार्थी र अभिभाबकलाइ त्यो दिन ९ बजेनै बिधालय पुग्न आग्रह गरेका छौँ र सांझ ५ बजे पछि निस्कने ब्यबस्था मिलाउन अनुरोध गर्दछौँ र गरेका पनि छौँ।

तपाई सीडीओ भएकै समय देशकै ठूलो पार्टीको महाधिवेशन हुँदैछ । प्रसन्नली कसरी लिनुभएको छ ?

यो मेरो लागि अवसर हो।यत्रो महाधिवेशनमा सुरक्षाको ब्यबस्थापन गर्न पाइएको छ।सुरक्षा निकाय, राजनीतिक दल, अन्य जिल्लाका सुरक्षा निकायसँग पनि सल्लाह र सहयोगमा यो ब्यबस्थापन गरिएको हो।हामी सुरक्षाको बिषयमा कतै चुक्दैनौँ । त्यसैले मलाइ लाग्छ म लगायत हामीहरु आयोजकबाट धन्यवादको पात्रनै हुनेछौँ ।

अन्त्यमा सर्बसाधारणलाइ के आग्रह गर्न चाहानुहुन्छ ?

प्रथमत मंसिर १० गते १० बजेदेखि साँझ ५ बजे सम्मको अबस्था बुझिदिन सबैलाइ आग्रह गर्दछौँ। प्रशासनको सुचनालाइ मानिदिएर हाम्रो सुरक्षा ब्यबस्थापनलाइ सहयो गरिदिन अनुरोध गर्दछाँै।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८