• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने


अबको १ वर्षमा नेपालको मूल्यवृद्धि दोहोरो अंकमा पुग्ने

मंसिर ६, २०७८

अबको १ वर्षमा नेपालको मूल्यवृद्धि (मुद्रास्फीति) दोहोरो अंकमा पुग्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले गत असोजमा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले यस्तो देखाएको हो । राष्ट्र बैंकको उक्त सर्वेक्षणको प्रतिवेदन आइतवार सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले अबको १ वर्षमा मिन औसत मूल्यवृद्धि १० दशमलव ३ प्रतिशत पुग्ने अपेक्षा गरेको देखिएको छ । यसैगरी मिडियन औसत मूल्यवृद्धि भने ९ प्रतिशत पुग्ने सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

आगामी ३ महीनामा नेपालको मिन (औसत) मूल्यवृद्धि भने ९ दशमलव ६ प्रतिशत पुग्ने अपेक्षा छ । सोही अवधिमा मिडियन मूल्यवृद्धि भने ८ प्रतिशत पुग्ने अपेक्षा गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले अवको ३ महिनामा अर्थात् चालू आवको दोस्रो त्रैमासमा मूल्यवृद्धि त्यस बराबर पुग्ने देखाएको हो । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कायकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले सर्वेक्षणमा जनताले मूल्यवृद्धिको अपेक्षा गरेको बताए ।

बजारका ग्राहकहरूले दिएको जवाफको आधारमा यस्तो मूल्यवृद्धिको अपेक्षा गरेको देखिएको उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०७८, सोमवार ००:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८