• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

१७ करोडको ऋणले उठ्नै सकेनन् धुर्मुस,काँध थाप्न सरकारलाई आग्रह


१७ करोडको ऋणले उठ्नै सकेनन् धुर्मुस,काँध थाप्न सरकारलाई आग्रह

भिडियो सन्देशमार्फत देखा परेका धुर्मुसले सरकारको सहयोगवीना रंगशाला निर्माणको कार्य अगाडि बढाउन सक्नेछैनन् । उनको सन्देशमा धेरै दर्शक तथा स्रोताहरुले आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकतामा राख्न धुर्मुसलाई आग्रह गरेका छन् ।

 

केपी शर्मा-      कार्तिक ३०, २०७८

करिव चार महिनापछि सामाजिक संजाल मार्फत देखा परेका छन् सीताराम कट्टेल धुर्मुस । रकम अभावका कारण भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण स्थगित भएपछि एकाएक ओझेल परेका धुर्मुस रंगशाला निर्माणस्थलबाटै भिडियो सन्देशसँगै देखा परेका हुन् ।

भावूक र निराश परिस्थितीमा देखिएका धुर्मुसले अवका दिनमा आफूले मात्र रंगशाला निर्माण गर्न नसक्ने स्वीकार गरेका छन् । कलाकारिता छोडेर राष्ट्रका लागि केही गरौँ भन्ने भावना लिएर सुरु गरेको रंगशाला निर्माणका दौरानमा १७ करोड भन्दा बढी ऋणले थिचिएपछि उनी केही विचलित भएको पाइन्छ । पर्याप्त आर्थिक सहयोग हुने आशा सहित उधारोमा निर्माणमा सामाग्री ल्याएर काम गरेको उनले भिडियो सन्देशमा सुनाएका छन् ।

अहिले त्यसरी उधारोमा ल्याएको पसल तथा कम्पनीले भुक्तानीका लागि फोन तथा म्यासेजहरु वारम्वार गरिरहेको बताउँदै उनले भने,“ती कम्पनी र पसलेले सोधिरहन्छन् भुक्तानी कहिले ? म सँगपनि त्यसको उत्तर छैन अहिले ।”

उनले भिडियो सन्देशमा धेरै कुरा भन्दैगर्दा सन्देशको मूख्य सारतत्व भने सरकारले सहयोग गरिदिए मात्रै निर्माणकार्य अघि बढ्न सक्ने निष्कर्शमा पुगेको देखिन्छ ।

आफू उठ्नै नसक्नेगरी ऋणले थिचिएको भन्दै स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकारको ढोका ढोका चहारेर सहयोगको आग्रह गरेपनि आश्वासन मात्रै पाएको दुखेको पोखेका छन् । उनले भने,“ म मरो व्यक्तिगत स्वार्थका लागि यो काम गरेको होइन । यो राष्ट्र निर्माणको अभियान हो । तर ७५३ वटै स्थानीय तह र तीन वटै सरकारलाई सहयोग गर्न आह्वान गरेपनि कतै धोका कतै आश्वासन र केहीले मात्रै सहयोग गरे । ”

उनले अझैपनि तीन तहको सरकारमध्ये कसैले पनि सहयोग गरेमा ६ महिनादेखि १ वर्षभित्रमा रंगशाला निर्माणगरी हस्तान्तरण गरिसक्ने समेत बताएका छन् । कोभिड जस्तो महामारी, लकडाउन, र चाडपर्वमा समेत दिनरात नभनी काम गरेर अहिले तीन हजार दर्शक अट्ने प्याराफिट तयार भइसकेको बताउँदै रंगशालाको फिल्डमा नआई आफ्नो धारणा सामाजिक संजालमा नलेखिदिन समेत उनको आग्रह थियो ।

३० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय मापदण्डको क्रिक्रेट रंगशाला निर्माणका लागि सवै एक हुनुपर्ने भएपनि राजनीतिक अस्थिरता लगायतले प्रतिवद्धता अनुसारको सहयोग नपाउँदा निर्माणकार्य चार महिनादेखि ठप्प रहेको उनले स्वीकारे । भावूक हुँदै उनले भनेका छन्,“यसलाई अपूरो नछोड्न सवैमा आह्वान गर्छु ।पुन एक चोटी सवैजना यसलाई बनाउनै पर्छ भनेर लाग्ने हो भने निर्माणसक्न समयनै लाग्दैन । ”

तोकिएको समयमा सम्पन्न गर्नेगरी सहयोगी मनहरुको विश्वासलाइ ढल्न नदिन आफूहरु लागिरहेको बताउँदै कलाकारिताबाट सामाजिक कर्ममा आएको उनको भनाई थियो । भिडियो सन्देशमा उनले आफ्नो विगतको स्मरण गर्दै यदी आफू कलाकारिता क्षेत्रबाट वाहिर नआएको भए आफ्नो छुट्टै स्थान स्थापित भइसक्ने बताएका छन् । उनले भने,“मसंगै कलाकारितामा लागेका साथीभाईहरुको धेरै प्रगति भएको छ । उनीहरुले आफ्नो स्थान जमाइसकेका छन् । तर म भने राष्ट्रका लागि केही गर्नुपर्छ भनेर सामाजिक कार्यमा लाग्दा विरोध किन ? ”

सामाजिक संजालमा रंगशालाप्रति गरिएका टिका टिप्पणीप्रति दुखेसो पोख्दै उनले निर्माणस्थलमै आएर एक पटक हेरिदिन सवैलाई अनुरोध गरेका छन् ।

परियोजना निर्माणका क्रममा सूरु देखिनै आफूहरु सचेत रहेको भन्दै परियोजनामा कुनैपनि अनियमितता नभएको उनले बताए । यो परियोजना निर्माणमा धुर्मुस सुन्तली मात्रै नभएको भन्दै छुट्ै समिति, कार्यविधि, नियमावाली रहेको उनको भनाई छ । असार मसान्त सम्मको सवै लेखापरीक्षण भएको र केही दिनमा सवै हिसाव सार्वजनिक गरिने उनले बताए ।

साथै आफूले परियोजनाबाट हात नझिकेको तर राष्ट्रको सम्पती भएकाले सरकारलाई सहयोगका लागि आह्वान गरेको बताउँदै हालसम्म ४० देखि ४५ हजार नागरिकले सहयोग गरेको भन्दै उनीहरुको भावनालाई समेत सरकारले कदर गर्नुपर्ने उनको भनाई थियो ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८, मंगलवार ०८:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८