• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

विरोधका बावजुद भरतपुर महानगरमा एमालेको सपथग्रहण


विरोधका बावजुद भरतपुर महानगरमा एमालेको सपथग्रहण

निर्वाचन कमिटीका संयोजक देवी ज्ञवालीले मञ्चबाट सवैको सहमतिमा कमिटी निर्माण गरेको बताइरहदा कार्यक्रमस्थलमा उनकै विरुद्धमा लेखिएको व्यानरले भने उनलाईनै गिज्याइरहेको थियो ।

 

केपी शर्मा–    कात्तिक २५, २०७८

विरोधका बाबजुद उद्घाटन भएको १०औँ दिनका दिन नेकपा एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण गराइएको छ ।

केन्द्रीय सचिव प्रदिप ज्ञवालीको उपस्थितीमा नयाँ कार्यसमितिका अध्यक्ष सहित पदाधिकारी,सदस्य सवैलाइ शपथ खुवाइएको हो ।

सहमति गराउने केन्द्रको निर्णय अनुसार भन्दै पार्टीभित्र चुनावनै नगराईकन कमिटी गठन गरिएको थियो । सहमतिका नाममा जेएन थपलिया लाइनका शंकर थपलियालाई अध्यक्षमा सर्वसम्मत गरिएको हो । अर्का उम्मेदवार प्रल्लाहाद प्रधानले आफ्नो उम्मेदवारी फिर्ता नलिएको बताइरहँदा निर्वाचन समितिले भने थपलियालाई अध्यक्ष घोषणा गरेको हो ।


उपाध्यक्ष पद पछि मिलाउने भन्दै निर्वाचन समितिले खालिनै राखेको छ ।सचिवमा बादल समूहका टिका सुवेदी र उपसचिवमा विजय सुवेदी लाइनका निशा अधिकारीलाई निर्वाचन कमिटीले चयन गरेको छ ।

११७ महानगर कमिटीमा उपाध्यक्ष र एक उपसचिव वाहेक सवैमा सर्वसम्मत गरिएको निर्वाचन कमिटी संयोजक देवी ज्ञवालीले जानकारी दिए ।

पार्टी कार्यालयभित्र शपथग्रहण कार्यक्रमको सुरसार भइरहदा कार्यलयको प्रवेशद्धारमा नयाँ कमिटी गठनप्रति विरोध जनाउँदै रातो व्यानर टाँसिएको थियो । जसमा लेखिएको थियो,क.देवी ज्ञवालीः नेकपा एमालेको बहुदलिय जनवाद छोडिसकेको होर? मेरो उम्मेदवारी फिर्ता नभई वा मतदान नभई कसरी कमिटी घोषण भयो ? कि भागबण्डा हो ?

सपथग्रहण चलिरहदा प्रधान समूहका केही कार्यकर्ताहरुले उक्त विरोधको व्यानर लिएर कार्यक्रमस्थलमै उभिएका थिए । कार्यक्रम सचालक रामप्रसाद न्यौपानेले उनीहरुलाई केही पर बस्न भन्दै गर्दा उनीहरुले नमानेको दृश्य देख्न सकिन्थ्यो ।

विरोध चलिरहदा निर्वाचन कमिटीका संयोजक देवी ज्ञवालीले आफूले पार्टीको निर्देशन मान्दै सहमतिमै कमिटी चयन गरेको रोष्टमबाट बताइरहेका थिए । उनले भनेका हरेक कुरालाई विरोधको व्यानरले खिल्ली उडाइरहेको थियो ।

तर पछि कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले विरोध गर्ने पक्षको माग सम्वोधन गर्न र उनीहरुलाई सुहाउँदो स्थानमा जिम्मेवारी दिन जिल्ला नेतृत्वलाई निर्देशन दिएर विरोध स्थगित गर्न भनेपछि वल्ल उनीहरुले व्यानर वन्द गरेर कार्यक्रममा सहभागी जनाएका थिए ।

शपग्रहण कार्यक्रममा १० भाइ समूहले पनि विरोध जनाएको थियो । तर कार्यक्रमको अन्तमा दशभाई समूहका तेजेन्द्र खड्का देखिए ।

सर्वसम्मतको नाममा नयाँ कमिटी बनाउँदा केही समूह भने रित्तै भएका छन् । अन्तिम समयसम्म माधव नेपाललाइ समर्थन गर्दै पछि एमालेमै आएका १०भाई समूहबाट सचिवमा उम्मेदवारी दिएका रोहीत सुवेदी छनौटमा परेनन् । जसका कारण १०भाई रित्तै हुन पुगेको छ ।

त्यस्तै ओली गुटका देवी ज्ञवालीको जोडवलमा उपाध्यक्षमा उम्मेदवारी दिएका अनोज जोशी पनि रित्तै हात वस्नु परेको छ भने कृष्णभक्त पोखरेलको जोडवलमा उपाध्यक्षमै उम्मेदवारी दिएका कृष्ण केसीपनि छानिएका छैनन् । अव खाली रहेको उपाध्यक्षमा कुन समूहको दाउ पर्नेहो हेर्न वाँकी छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७८, बिहीवार १३:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८