• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

लेखनाथ घिमिरे स्मृति दर्पण को बिमोचन


लेखनाथ घिमिरे स्मृति दर्पण को बिमोचन

 

अपिल घिमिरे – कात्तिक २५,२०७८

लेखनाथ घिमिरेको १९ औं स्मृति दिवसको अवसरमा लेखनाथ घिमिरे स्मृति दर्पणको बिमोचन गरिएको छ।

बुधवार पटिहानीको मनमोहन स्मृति भवनमा आयोजित एक कार्यक्रममा पिताम्बर शर्मा पौडेलले पुस्तक बिमोचन गरेका हुन।

पुस्तक लाई साहित्यकार रविकिरण निर्जीव ले सम्पादन तथा संकलन गरेका छन्। कुल ५० पृष्ठ लामो स्मृति दर्पण मा स्वर्गीय लेखनाथ घिमिरेका सहकर्मी साथीहरु तथा आफन्त हरुले उनको स्मरण प्रस्तुत गरेका छन। पुस्तक मा स्वर्गीय घिमिरेको बिद्यार्थी जीवन ,उनले शिक्षा क्षेत्रमा मा पुर्‍याएको योगदान,समाज परिवर्तन र कृषि क्रान्तिमा गरेको उच्च योगदान को चर्चा गरिएको छ।

पदम राज घिमिरेले बाल्य कालमा आफु र परिवारमा काकाले शिक्षाका लागि दिएको प्रेरणा सधैं स्मरण रहने वताए। स्व लेखनाथका साथी मेघनाथ सापकोटाले लेखनाथले देवनगर ,घटगाई सिंचाईका लागि पुर्याएको महान कार्य प्रति सम्मान प्रकट गरे ।

त्यस्तै सहकर्मी देवराज पौडेलले घिमिरेलाई स्मरण गर्दै लेखनाथ एउटा संघर्ष हो,आन्दोलन हो र जन जागृतिको सुत्रधार हो भनेर प्रष्ट पारे । उनकै नेतृत्वमा गंगानगरमा पुस्तकालय स्थापना गर्ने ,रक्सि भट्टी जलाउने ,वाल विधुवालाई पुन बिबाह गराउने जस्ता समाज परिबर्तन र सुधारका लागि गरिएका कामहरु
को चर्चा गरियो।

कार्यक्रममा बिनोद सापकोटा ,हरि बिनय घिमिरे,शिवराज लामिछाने,प्रमुख अतिथि भुवन राज पौडेलले स्मरण गर्दै उहाँ बाट धेरै सिक्नु पर्ने बताए। कार्यक्रम सभापत्व पिताम्बर शर्मा पौडेलले गरेका थिए।

कार्यक्रम स्मृति दर्पण का सम्पादक रवि किरण निर्जिवले संचालन गरेका थिए।

  • प्रकाशित मिति : कात्तिक २५, २०७८, बिहीवार ००:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८