कात्तिक २३,२०७८
हाल संचालनमा रहेको दश टनको ब्वाइलर नचलाउने सहमतिमा नवलपुरको देबचुलिमा रहेको चौधरी उद्योगमा लगाएको ताला खोलिएको छ।
जनप्रतिनिधि , स्थानिय र उद्योग प्रशासनको बैठकले आबका दिनमा हाल चलिरहेको ब्वाइलर चलाउन नपाइने सहमति भएपछी भएपछी ताला खोलिएको देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले बताए ।
सो ब्वाइलर चलाउनै पर्ने भए मर्मत गर्ने र त्यसको अनुगमन गरेपछी मात्र चलाउन पाउने भन्ने समेत सहमति समेत भएको सुन्दरबस्ति टोल सुदार समितीका अध्यक्ष बिनोद सिल्वालले बताए ।
स्थानीयले बारम्वार प्रदुषण कम गर्न लिखित तथा मौखिक रुपमानै आग्रह गर्दापनि उद्योग प्रशासनले अटेर गरेर आफ्नै पारामा उद्योग संचालन गरिरहेपछि बाध्य भएर मंगलवार स्थानीयले उद्योगको प्रवेशद्वारमै तालावन्दी गरिदिएका थिए।
वार्ता पछि देवचुली वडा नम्बर २को वातावरण समितिले १०टनको व्वाइलर पुर्णरुपमा ठिक भए नभएको अनुगमन गरि संञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । स्थानियको विरोध पछि देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठको समेत उपस्थीति रहेको थियो ।
बिहान ८ बजे लगाइएको ताला साँझ साढे ५ बजे खोलिएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८