• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

चितवनमा पहिलो पटक राष्ट्रब्यापी पौडी प्रतियोगिता हुँदै

  • खबरदाता

चितवनमा पहिलो पटक राष्ट्रब्यापी पौडी प्रतियोगिता हुँदै

 

कात्तिक २३,२०७८

चितवन । चितवनमै पहिलो पटक राष्ट्र व्यापी पौडी प्रतियोगिता हुने भएको छ।

भरतपुरको देबनगरमा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्टको आयोजनामा कार्तिक २७ र २८ गते सो प्रतियोगिता हुने भएको रिसोर्ट सचालक देवेन्द्र लोहनीले जानकारी दिए ।

चितवनमा खेलकुद पर्यटनको बिकासका लागि नेपाल पौडी संघको प्राविधिक सहयोगमा प्रतियोगिता गरिने उनको भनाइ छ। आफूहरुले अन्तरास्ट्रिय मापदण्डको पौडी पोखरी निर्माण गरेको र सामाजिक उत्तरदायित्व अन्तर्गत सवै खर्च आफैले व्यहोर्ने गरि प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत लोहनीले जानकारी गराए ।

उनले उक्त रिसोर्टमा दुई करोड लगानी गर्दै २५ मिटर लम्बाइ ६ लेन सहितको १८ मिटर चौडाइको पुल निर्माण गरिसकेका छन।

प्रतियोगितामा ८ वर्ष देखि १४ र १५ देखि माथिका उमेरसमुहलाई कुल ३६ विधामा प्रतिस्पर्धा गराइने आयोजकले बताएका छन । दुई दिन सम्म चल्ने सो प्रतियोगितामा सहभागी हुन मोरङ,चितवन,ललितपुर,पोखरा,काठमाडौं लगायत अन्य जिल्लाबाट प्रतियोगीले नाम टिपाएको र सो क्रम अझै जारि रहेको आयोजकको भनाइ छ।

उक्त पौडी प्रतियोगितामा सहभागि हुन चितवन भित्रकाले ५ सय र वाहिरी जिल्लाकाले १ हजार रुपैया दर्ता शुल्क तिर्नु पर्नेछ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८, मंगलवार ०५:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८