• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

चितवनको नारायणीमा छठ पर्वको तयारी तीव्र


चितवनको नारायणीमा छठ पर्वको तयारी तीव्र

तराईवासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय सम्पूर्ण धर्मालम्वीहरुले मनाउने गरेको पाइन्छ । जसले गर्दा नारायणगढको नारायणी नदी किनारमा उल्लेख्य भक्तजनहरुको उपस्थिती हुने गरेको छ ।

केपी शर्मा
कात्तिक २२, २०७८

विगत दुई वर्षदेखि रोकिएको छठ पर्व नारायणगढको नारायणी नदी किनारमा यस पटक भव्यरुपमा मनाउन लागिएको हो । छठ पूजा व्यवस्थापन समितिले सम्पूर्ण तयारीहरु करिव अन्तिम अवस्थामा पुगेको जनाएको छ ।

करिव साँढे २ लाख खर्चम ागर्न लागिएको उक्त छठ पूजाको अहिले गेट बनाउने नदी किनारमा पूजा गरिने स्थलमा टेण्ट टाँग्ने र विद्युत् सप्लाईको काम अन्तिम अवस्थामा पुगेको छठ पूजा व्यवस्थापन समितिका संयोजक कृष्ण रौनीयारले जानकारी दिए । उनले भने,“२ वर्षदेखि छठ पूजा रोकिएको थियो । ३९ घण्टासम्म भगवान सूर्यको कष्टपूर्ण आरधना गरिने यस चाडमा तराईवासी लगायत सम्पूर्ण नेपालीहरुले मनाउने गरेका छन् । ”
सोमबारबाट सुरु भएको छठ पूजा बिहीवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ ।
चितवनको सात ठाउँमा छठ पूजा हुनेगरेको छ । जिल्लाको नारायणी नदी,टाँडी, पर्सा, खैरहनी, पदमपुर, माडी लगायतका ठाउँमा छठ पूजा मनाउने गरिन्छ ।

नारायणगढ बजारबाट प्रतिघर एउटा डालो बोकेर पूजा गर्न आउँदा हुने संख्या दुई सय पुग्ने अनुमान संयोजक रौनियारको छ । उनले भने,“प्रत्येक डालो बोक्ने दुई सय होलान् तर आस्था राखेर पूजा गर्न आउनेको संख्या एकीन गर्न सकिएको छैन । करिव ५ हजार भन्दा बढि आउलान् । ”
जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती लिई नगरपालिकाले लिने कर समेत मिनाह गर्न लगाएर पूजास्थल तयारी अन्तिम चरणमा पुगेको हो ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७८, सोमवार १३:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८