• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

चाडपर्वको शुभकामना दिँदै भरतपुर अस्पतालका अध्यक्ष र मेसु भन्छन् : सुधार गर्दैछौँ


चाडपर्वको शुभकामना दिँदै भरतपुर अस्पतालका अध्यक्ष र मेसु भन्छन् : सुधार गर्दैछौँ

संघीय सरकार मातहतको एकमात्रै सरकार अस्पताल भरतपुरको सुधारका लागि अस्पतालका अध्यक्ष र मेसुले मात्रै गरेको प्रयासले पुग्ने अवस्था देखिदैन । यसका लागि स्वास्थ्मन्त्रालय तथा प्रदेश, स्थानीय सरकारले पनि त्यतिकै मात्रामा सहयोग र तत्परता देखाउनुपर्ने देखिन्छ । अनिमात्रै जनताले सहजै स्वास्थ्य सेवा पाएको अनुभूति गर्नेछन् ।

केपी शर्मा-कात्तिक १७, २०७८

भरतपुर अस्पतालका नवनियुक्त प्रमुख मेडिकल सुपरीटेण्डेन प्रा.डा.कृष्ण प्रसाद पौडेलले अस्पताललाई व्यापक सुधार गरिने बताएका छन् । अस्पतालले आज गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारहरुलाई मात्र बोलाएर डा.पौडेलले सो कुरा व्यक्त गरेका हुन् ।

उनले आफू मेसु भएर आएको दुई महिनाको अवधिमा उल्लेख्य काम गरिहाल्न नसकेपनि सुधारका पूर्वाधार भने तयार गर्दै गइरहेको बताएका छन् । कोभिड पछि लथालिङ्ग भएको देशकै स्वास्थ्य अवस्था तथा अस्पतालहरु लाई सुधार गर्न समय लाग्ने उनको भनाई थियो ।

आफ्नो कार्यकाल सुरु भएपश्चात ओपीडि टिकटलाई अनलाइन प्रणालीमा लगेको,कर्मचारी नियमित व्यवस्थापनमा सुधार गरेको, ओपीडि खुल्ने समय बढाएर विहान ८ बजे बनाएको, काम नगर्ने ठेकेदारहरुलाई निरन्तर ताकेता गरिरहेको उनले बताए । साथै अस्पतालले सूचना प्रवाहका लागि मासिक बुलेटिन तथा फेसबुक पेजहरुको प्रभावकारिता बढाउँदै लगेको तथा साप्ताहिक रुपमा अस्पताल परिसरमा सरसफाई गर्नुका साथै अस्पतालको प्रवेशद्वारमा सजिलै सँग पहिचान गर्न सकिने गरी बोर्ड राखिएको समेत उनको भनाई थियो ।

अहिले अस्पतालले सेवाग्राही र तीनका परिवारलाई कसरी राम्रो व्यवहार गर्न र गराउन सकिन्छ भनेर समेत कार्यक्रमहरु ल्याइरहेको उनले बताए । आउँदा दिनमा व्यापक रुपमा अस्पताललाई सुधार गर्ने आफूसँग लामवद्ध योजना समेत रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले सीमित जनशक्तिका वीच पनि अस्पतालले धेरै काम गरिरहेको बताए । स्वास्थ्य हाम्रै पालामा भन्ने मुख्य उद्देश्यका साथ अस्पतालमा मौजादा रहेको रकमलाई सदुपयोग गरी अहिलेको पीढिलाई उचित स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल लागिपरेको उनको भनाई थियो । उनले भने,“अवको पाँच सात वर्षपछि त सेवाग्राहीसँग पैसानै लिनुपर्दैन , सवै वीमाले दिन्छ । त्यसैले अहिले सर्भिस राम्रो दिऔँ र रकम उनीहरुसँगै लिऔँ ।”

ऐन कानुनका कमजोरीले गर्दा पुरानो मेडिकल कलेज र सीटिइभिटीबाट उठ्न नसकेको रकमलाई अहिले जुनकुनै हालतले पनि उठाइने र त्यसलाई सहीसदुपयोग गरिने उनको भनाई थियो । अस्पताल सुधारका लागि ढल,खानेपानी तथा भवन सुविधाका लागि सोधभर्ना गर्दैगर्नेगरी काम भने तुरुन्तै गरिनुपर्ने उनको भनाई थियो ।

त्यसका लागि आफूहरु लागिपरेको अधिकारीले बताए । कोभिडमा अत्याधिक विरामीलाई सेवा दिएको भरतपुर अस्पतालले सरकारले दिएको सुविधामा पनि थप सुविधा दिएको उनले बताए । सरकारले कोभिड विरामीलाई १४ दिनको मात्रै निशुल्क सुविधा दिएपनि भरतपुर अस्पतालले ९१ दिनसम्मको सुविधा निशुल्क दिएको उनले बताए ।

दुई दुई पटकसम्म अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन भइसकेका प्रा.डा पौडेल र आफू पनि अस्पताललाई सुधार गर्नुपर्छ भनेरै लागिरहेको भन्दै आफूहरुको अहिले एउटै लक्ष्यका साथ अगाडि बढेको डा.अधिकारीको भनाई थियो । अव चाँडैनै सेवाग्राहीले देख्नेगरी अस्पताल सुधारका धेरै कार्यहरु हुँदै जाने उनको दावी थियो ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७८, बुधवार १२:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८