• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026

रत्ननगर ७ मा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन


रत्ननगर ७ मा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

कात्तिक १६, २०७८ ।
रत्ननगर/ चितवनको रत्ननगर नगरपालिका ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । नगरका सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको योजना अनुसार मंगलवार स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो ।

मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टले सयुक्त रुपमा केन्द्रको उद्घाटन गरेसंगै मंगलवारबाटै सेवा सुरु भएको छ । ग्रामिण भेगका नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न नगरका १६ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको नगरप्रमुख नारायण वनले बताए ।

स्वास्थ्य केन्द्रबाट प्राथमिक स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा,परिवार नियोजन,गर्भवती जाँच,पोषण कार्यक्रम,क्षयरोग,मलेरिया,डेँगु नियन्त्रण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।

वडाध्यक्ष भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७८, मंगलवार १३:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८